• सोमबार-बैशाख-२४-२०८१

बेहुला जन्ती लिएर बेहुली लिन जानै लाग्दा बेहुली टाप कसेपछि....!

काभ्रे, १४ वैशाख । काभ्रेमा बिवाहको दिन  बेहुली फरार भएको खबर सार्वजनिक भएको छ । धुलिखेल नगरपालिका ३, छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएकाे बताइएको छ ।

 

बेहुली बनेकी २६ वर्षीय मन्दिरा थापा मगरको  आज २०८१ बैशाख १४  सोही नगरको ४ नम्बर वडाका लक्ष्मण राना मगरसँग बिवाह हुँदै थियो। विवाहका लागि  बेहुला लक्ष्मण जन्ती लिएर जाने तयारीमा थिए । विवाह बनेपाको चण्डेश्वरी मन्दिरमा हुने तय भएकाे थियो । विवाहका लागि भोज, गरगहना सबै तयारी अवस्थामा थिए ।

 

जन्ती आउनु अगाडि नै बेहुली थापा मगर भने फरार भएकाे बताइन्छ । स्रोतका अनुसार,  उनी श्रृङ्गार गर्न जाने क्रममा फरार भएकी हुन् ।

 

बेहुली फरार भएपछि बेहुलीको आमा र दिदी प्रहरी नियन्त्रणमा रहेका छन् । बेहुलीको  मोबाइल समेत अफ छ । यस  बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस