• शुक्रबार-बैशाख-२६-२०८२

मच्छिन्द्रनाथ देवता भन्दा पनि कृषि वैज्ञानिक हुन्

ललितपुरे भनेर तथानाम लेख्नेहरूले ललितपुरको ईतिहास पनि पढुन् 



ललितपुरको पहिलेको नाम “यल” हो । किरात राजा यलम्बरले स्थापना गरेको शहर भएकोले यलम्बरले शहरको नाम आफ्नै नाममा “यल” राखे । काठमाण्डौं उपत्यका र बाहिरका आदिवासी नेवारहरू अहिले पनि ललितपुर होइन ’“यल” नै भन्छन् । पछि गएर यसको नाम ललितपुर भयाे ।

 

ललितपुर नाम राख्नमा भूमिका खेल्ने पहिलो मान्छे वा कृषि वैज्ञानिक मच्छिन्द्रनाथ नै हो । आज नेवारहरू मच्छिन्द्रनाथलाई देवता मान्छन् । हिजोको दिनमा राम्रो मान्छे कालान्तरमा देवता भनेर नै पुजिने चलन थियो । किनभने मच्छिन्द्रनाथकै ज्ञानले नेपाललाई संस्कृति, कला, कौशलमा धनी बनाएको हो । अन्न वा खाना बाँच्नलाई चाहिने मुख्य कुरा हो । विना खाना मान्छे स्वस्थ हुन सक्दैन र आफ्नो क्षमता अनुसार काम गर्न सक्दैन ।


लिच्छिवकालीन नेपालमा पनि खानाको समस्या थियो । समय समयमा अनिकाल हुन्थे । उब्जनी राम्रो हुदैन थियो । दाना फले पनि भित्र खोक्रो हुन्थ्यो ।

 

लिच्छविकालीन राजा नरेन्द्र देवले कामरुकामाच्क्षा वा आजको आसाममा एकजना निकै ठूला कृषि वैज्ञानिक बस्छन्, उनको नाम मच्छिन्द्रनाथ हो भन्ने पत्ता लगाए । त्यसैले उनी उ बेलाको प्राविधिक वा तान्त्रिक देवपतन पशुपतिका बन्धुदत्त आचार्यलाई लिएर आसाम जाने र त्यहाँवाट कृषि विज्ञान सिक्ने विचार गरे ।

 

केही दिनपछि उनीहरू यल वा पाटनको एकजना भरिया वा किसान जसको नाम “ललित” थियो र बोलीचालीमा उनलाई ललिचा भन्थे, उनीसंगै आसाम गए ।

 

ललितले तीन जनाको लागि खाना, बिछ्यौना आदि बोके । राजा र तान्त्रिक वा प्राविधिक पछि पछि लागे । धेरै दुःख गरी महिनौको हिंडाई पछि उनीहरू आसाम पुगे । अति ठूलो प्रयास पछि उनीहरूले कृषि प्राविधिक मच्छिन्द्रनाथलाई आसाममा भेटे ।

 

मच्छिन्द्रनाथले आफूले थाहा पाएको ज्ञान र धेरै नेपाल सुहाउँदो अन्नका विउहरू नेपालीहरूलाई दिने विचार गरे । यो कुरा मच्छिन्द्रनाथकी आमालाई ठीक लागेन र ज्ञान नदिनु भनिन् । कथा भन्छ कि यो कुरामा रिसाएर आमाले मन्छिन्द्रनाथलाई महारोग लागोस भनेर श्राप दिइन् । तैपनि आमाको श्राप सहेर मच्छिन्द्रनाथले नेपालीहरूलाई ज्ञान दिने राय ब्यक्त गरे ।


आमाको श्राप सहेर भए पनि मन्छिन्द्रनाथले धेरै किसिमको नेपाल सुहाउने विउको साथ घर बाहिर आए र नेपालको टोलीलाई कृषि प्रविधि र धेरै प्रजातिकानेपाल सुहाउने बिउँ दिए । तर मच्छिन्द्रनाथलाई उनीहरूले विउ कसरी नेपालसम्म लान्छ भनेर चिन्ता लाग्यो ।

 

तसर्थ उनले भरिया वा किसानलाई सोधे “खेती गर्ने तरिका थाहा भयो दाई ?”। किसानले जवाफ दिए “थाहा भयो”। “अब नेपालमा अन्न फल्छ त दाई ?”  जवाफ “फल्छ” “यतिका विउ नेपालसम्म कसरी लानु हुन्छ त दाई ?” जवाफ “म विउ नेपाल नपुर्याइकन मर्दिन ।”

 

तसर्थ मच्छिन्द्रनाथ नेपालमा अन्न उब्जाउने काम सफल भए त्यसको मुख्य हकदार किसान वा भरिया नै हुने कुरा राजा नरेन्द देव र प्राविधिकबन्धुदत्त आचार्यलाई भनेर विदा भए । नेपालमा मन्छिन्द्रनाथले पठाएका विउहरू र मच्छिन्द्रनाथको कृषि ज्ञान अनुसार नेपालमा अन्नहरू रोपिए ।


प्रति रोपनी पहिला भन्दा १० गुणा बढी अन्न फल्यो । अब नेपालको राजा र प्रजाहरूले मच्छिन्द्रनाथको कदर स्वरुप नेपालामा उनको मन्दिर बनाउने विचार गरे ।

 

मन्दिर कहाँ बनाउने भन्ने कुरामा नेपालको जनताहरूको वीच निकै ठूलो विवाद भयो । प्राविधिकको शहर काठमाण्डौमा बनाउने वा राजाको शहर भक्तपुरमा वा किसानको शहर यलमा ? तर राजा नरेन्द्र देव र तान्त्रिक पाविधिक बन्धुदत्त आचार्यले नेपालमा अन्न फलेको प्रमुख श्रय किसानलाई दिनु पर्ने र मन्छिन्द्रनाथको समेत त्यस्तै विचार भएको भनेर मुश्किलले ललितपुरमा मच्छिन्द्रनाथको मन्दिर बनाउने काममा भक्तपुर र काठमाण्डौका मान्छेहरूलाई
मनाए । त्यो बेलादेखि यललाई किसान वा भरिया ललितको देश भनेर नेपालीहरूले जाने ।

 

अनि ललितपुर भनेर शहरको नामाङ्कन गरे । तसर्थ मच्छिन्द्रनाथको जात्रा कुनै धार्मिक महोत्सव होइन, यो जात्रा अरु जात्रा भन्दा निकै फरक हो । यो बाँच्न अति आवश्यक अन्न नेपालमा फलोस् र यो काममा मच्छिन्द्रनाथको आशीर्वाद प्राप्त होस् भन्ने कामना हो ।

 

यति मात्र होइन मच्छिन्द्रनाथको जात्रा अषाढमा खेती गर्न आवश्यक ज्ञानमा छलफल गर्ने, कृषि प्रविधि सिक्ने र सिकाउने कामको लागि वैशाखमा गरिने छलफल र राम्रो विउको बेचबिखन गर्ने ठाउँ वा बजार पनि मच्छिन्द्रनाथको जात्रा
हो ।

मच्छिन्द्रनाथ नै नेवारहरूलाई भिरालोमा गह्रा बनाएर खेती गर्ने र आलिले पानी छेक्ने, माटोको घैंटोमा सुरक्षित साथ विउ भण्डारण गर्ने प्रविधि सिकाएको हो । किनभने यी कृषि प्रविधिहरू नेपालमा राजा नरेन्द्र देवको पालादेखि नै शुरु भएको ज्ञान वा प्रविधि होे ।

जात्रा शुरु भए पछि पनि काठमाण्डौ शहरबाट  ललितपुरे ललितपुरे भनेर फेसबुकमा तथानाम गाली गर्नेहरूले ललितपुर र नेपालको ईतिहास पनि पढुन्  र जानुन ।

-कुमुद श्रेष्ठ, भाद्र १९, २०७७, सुन्धारा, ललितपुर, नेपाल ।

प्रतिकृया दिनुहोस