• शनिबार-कार्तिक-१५-२०७७

अर्थात जेमन्त : शरदराज गौतम

 

कोरोना महामारी र त्यसले गराएको बन्दाबन्दीले डेढसय दिन कटाएको छ ।
नेपालमा यसको एउटा ‘सिकाई निष्कर्ष’ निस्किन खोज्दो छ ।
जसलाई मिहीन गरि माइक्रोस्कोपी शैलीमा हेर्न सकिन्छ ।
कोरोनाको सन्दर्भमा नेपालको महामारी, दुःख हुँदै होइन ।
यो सित भिडने उपक्रममा देखाइएको कुबुद्धि
र, यो सित भिड्न देखाइनु पर्ने संकल्पमा लागेको खिया, दुःख हो ।
स्वयम् महामारी दुःख होइन ।
त्यसै पनि, महामारी आफैमा समाजको खुसहाल तस्बिर हुँदै होइन ।
कम्तीमा नेपालमा यसलाई अवसर भनेर उक्साइनु पनि हुन्न ।
यो नितान्त भतुवा शासन विधिको तस्बिर मात्रै हो ।
संभवतः, त्यसैले पनि नेपालमा यसको सिकाई उदेकलाग्दो भएको हुनु पर्दछ ।
छोटो समयको यो नै एउटा कालखण्ड बन्न पुगेको छ ।
धेरैको न भए नि थोरैको अहंकार धुलो पारेको छ, तुजुक निस्तेज भएको छ ।
र, खानदानी बठ्याँई टाटपल्टाइ दिएको छ ।
माक्र्सवादका खरा र बेतुका शब्द व्याख्या गरि कागजको दाहा बनाएर हिंड्नेहरू
जतिखेर खेतमा धानको गुभो बसाउने बेलासम्म मल पु¥याउन सक्तैनन्, नि ।
मलाई लाग्दछ,
त्यो मात्रै एउटा घटनाले माक्र्सवादी बुद्धिजीवी विखण्डित हुनु पर्दछ ।
मलसित माक्र्सवादको साइनो कतै नहुनु पर्ने हो ।
तर आफ्नै पौरखीले आफ्नै खेतमा फलाउने अन्नसम्ममा
बेतुका तुकबन्दी गाएर सरकार आफ्नो भगौडापन खोज्छ भने
मेरो विचारमा अब व्याख्या, विश्लेषण र फिरादको कुनै मायने रहन्न ।
मुलुकको ढुकुटीमा त्यतिसम्म रकम पक्कै थियो
कि, टुँडिखेलमा लामबद्ध आफ्नो नागरिकलाई ऊ अघाउञ्जेल ख्वाउन सक्दथ्यो ।
त्यतिसम्म गर्न नसक्नेले आफ्नो चर्पीको भित्तामा
आफ्नी श्रीमतीविरुद्ध कोरेको फोहोर लेखाई हेरे पुग्छ ।
महामारीको भोक जाबो मिलाउन नसक्नेले
यो मुलुकको सार्वभौम मतदाताको प्रतिनिधित्व गरेको सुँहाउदैन पनि ।
मुलुकमा कोई भोको मर्नु पर्दैन, भोको सुत्नु पर्दैन भन्नेहरूले
कम्तीमा एकपटक बुट्टे ऐनामा आफ्नो अनुहार हेरिदिए पुग्दथ्यो ।
ऐना हेर्दा जब आफ्नो सट्टा नाठोको अनुहार देखिन्थ्यो, नि
मुलुकको वैधानिक शासक बल्ल पत्तो लाग्दथ्यो ।
यो अरुचि सरकार  र सरकार प्रमुखसित हुँदै होइन ।
किनकि ती त्यसै पनि असान्दर्भिक भएका छन ।
यो सबमा प्रधानमन्त्री स्वयम् दोषी छन, कि
उनका  चतुर बिचौलिया सरदार बस्ने  सचिवालय
जबाब कसैले खोजेको पनि होइन,
र, जबाब मिल्न आवश्यक पनि छैन ।
तर यथार्थ के हो भने,
बिचौलियाहरूको झ्याड्डिएको बडेमानको छायाँ मुनि
सरकार, सरकारका सपना र सरकारका दक्षता
सबका सब बेकम्मा भएका छन ।
यहीँनेर भन्नु पर्ने भएको छ ।
सरकार असान्दर्भिक छ ।
र, सरकार अस्वीकृत ।
मुलुकको  इतिहासमा जब आफ्ना सन्तानहरूले
विदेशी भूमिको कुनै शहरमा बसेर पढिरहलान्
त्यतिखेर तिनलाई आजको दिनको असान्दर्भिकता र अस्वीकृतपन
सरकारले गरेका र गर्ने नियुक्तिहरूमा भेट्नु पर्ने हुन्छ ।
त्यतिबेलामात्रै देश बर्हिगमनको आफ्नो ‘बेथा बल’ तिनले भेट्ने छन् ।
र, तिनैले, आफ्ना सन्ततिलाई
यो देशको ‘एका देशमा....’ भन्ने कथा हाली रहलान ।
दुःखले आर्जेको मुलुकमा शासकहरू कसरी असान्दर्भिक र अस्वीकृत भा’का हुन भनेर ।

 

प्रतिकृया दिनुहोस