• शुक्रबार-चैत-१६-२०८०

कर्णालीको विवाद नेकपाका अध्यक्षद्वयले मिलाउने

 

 

काठमाडौँ, १ कात्तिक (रासस) : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशसभाभित्रको विवाद पार्टीका अध्यक्षद्वयको आपसी परामर्शमा समाधान हुने भएको छ ।


सो प्रदेशसभामा रहेका नेकपाका बहुमत सदस्यले पार्टीको प्रदेशसभा दलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत साता अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बाहिरिएको थियो ।

 

विवाद बढेपछि पार्टीको नेतृत्वले चासो दिन थालेपछि असन्तुष्ट प्रदेशसभा सदस्यहरु काठमाडौँ आएर राजनीतिक भेटघाटमा जुटेका थिए । उनीहरुले आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राखेका थिए । 


 जवाफमा प्रधानमन्त्री ओलीले आफू र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसेर यस विवादको समाधान गर्ने जनाउनुभएको प्रदेश सांसद गुलाबजंग शाहले जानकारी दिनुभयो । उहाँले पार्टी नेतृत्वको निर्णय र निर्देशन आफूहरुलाई मान्य हुने स्पष्ट गर्नुभयो । ती सदस्यले शुक्रबार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेका थिए ।
---

प्रतिकृया दिनुहोस