• शुक्रबार-बैशाख-१४-२०८१

मुख्यसचिव वैरागी काेराेना संक्रमित : स्वास्थ्य मापदण्ड पालनामा लाजको पसारो !!


काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकर वैरागी  आफू काेराेना  संक्रमित भएको पुष्टि स्वयम् ले २०७७ कात्ति १२ गते ट्वीटमार्फत गरेका छन् । मुख्यसचिव वैरागी संक्रमित भएसंगै नेपाल सरकारका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासंगको  समन्वयमा अंकुश लाग्न पुगेको छ । 


मुख्यसचिव शंकर वैरागी नेपाल सरकारको क्याविनेटको संचालनमा प्रधानमन्त्रीको मुख्य सहयोगी मानिन्छ । राष्ट्रपति, उपराष्ट्पतिसंग समन्वय  र संवैधानिक परिषद्को सदस्यसचिव भइ काम गर्नुपर्ने कारण उनको अनुपस्थितिमा सरकारलाई आफ्ना कामकारवाही गर्न अंकुश लाग्न पुगेको छ । सामान्यतयाः राजनीतिक कार्यकर्ताहरु र राजनीतिक नेतृत्वसंग उत्तिको भेटघाट गर्न आवश्यक नपर्ने मुख्यसचिव वैरागी आफैं संक्रमित हुनु आश्चर्य लाग्दो विषय बनेको छ । 


   सामान्यतयाः नेपालल सरकारका उच्चपदस्थहरुसंग सामाजिक दुरीमा रहेर कार्य गर्नुपर्ने मुख्यसचिव वैरागीले नै कोरोनासंग असावधानी अपनाएको कारण सिंगो मुलुकको प्रशासनिक कार्यसम्पादनलाई ठप्प पारेको छ । यसले मुख्यसचिव जस्तो जिम्मेवारीको पदलाई कठिन घडीमा परिस्थितिसंग जोगाउन नसक्नु उनको लापर्वाहीको पराकाष्ट मानिएको छ ।  


हालै मात्र मिर्गौला प्रत्यारोपण गरी जनता र देशको खातिर रातोदिन कार्यसम्पादनमा खटिई रहने प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मुख्यसचिव वैरागीको गतिविधिले गंभीर धक्का लागेको छ । यस पूर्वका मुख्यसचिवले आफूले पूरा गरेको जिम्मेवारीबाट शंकर वैरागीले सिक्न नसक्नु प्रधानमन्त्री ओलीका लागि चुनौती बन्न पुगेको छ । मन्त्रिपरिषद् का बैठकहरु राख्न प्रधानमन्त्रीसंग समन्वय गर्नुपर्ने काममा कम्तीमा मुस. शंकर वैरागीको नेगेटिभ रिपोर्ट नआउ“दासम्म पूर्णविराम लागेको छ । 


यसले नेपाल सरकारको तर्फबाट मुख्यसचिवले नै गर्नुपर्ने कतिपय निर्णयहरु स्थगित हुनुपर्ने अवस्था पनि सिर्जना भएको छ । सरकारका नीति तथा कार्यक्रम, बजेट कार्यान्वयन, पूर्वाधार निर्माणमा आवश्यक पर्ने कानूनको निर्माण, नियमावली, मापदण्ड र निर्देशिकाहरु सबै अलपत्र पर्ने सम्भावना देखिन्छ । सरकारको नियम अनुसार,  कोरोना पोजेटिभ भएका कर्मचारीले संचित विदाबाट विदा बस्नुपर्ने हु“दा अब मुख्यसचिव वैरागी विदामा पर्नेछ । देश जटिल अवस्थाबाट गुज्रिरहेको छ ।

 

सरकारका काम कारवाही ठप्पको अवस्था सिर्जा भएको छ । अब सरकारका काम कारवाही सुचारु गर्न सम्भवतः जेष्ठ सचिवहरुबाटै निमित्त वा कायममुकायम मुख्यसचिव तोक्न जरुरी छ, अथवा  मुख्यसचिव वैरागी  संक्रमण मुक्त नहुञ्जेलसम्मका लागि मन्त्रिपरिषद्को बैठक नै नराख्नु पर्ने हुन सक्छ । तत्कालै मुख्यसचिवको बारेमा प्रधानमन्त्रीले गंभिरतापूर्क नसोचेमा यसले सरकारलाई ठूलो क्षति पुग्न जाने देखिन्छ ।

  
नेपाल सरकार जेष्ठतम् सदस्यबाट मुख्यसचिव नियुक्त नगरी क्रमभंग गर्दै शक्ति केन्द्रलाई प्रभावमा पारी परराष्ट्र सेवाबाट नियुक्त भएका मुख्यसचिव शंकर वैरागी आफू मात्रै संक्रमित भएका छैनन् सिंगो मुलुक र प्रशासन तथा मन्त्रिपरिषदलाई समेत संकटमा पारेका छन् । नेपाल सरकारका उच्च पदस्थहरु, नेपाली सेना, प्रहरी संगठनलगायतका उच्च पदाधिकारीहरुले बेलैमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न नजान्ने हो भने अन्य आम सर्वसाधारण जनताले कसरी पालना गर्न सकुन् ? सो नै आजको संदेह हो ।     

प्रतिकृया दिनुहोस