भारत स्वतन्त्रत हुनुभन्दा पहिले भारतमा साना साना टुक्रे राज्यका राजाहरूको शासन थियो । पटियाला राजघरानाका महाराजा भुपिन्दर सिंह मुलुककै यस्ता राजा थिए, जसको आफ्नै निजी जहाज थियो । महाराजा भुपिन्दर सिंहको जीवनशैली देखेर अंग्रेजहरू पनि चकित पर्ने गर्दथे । भनिन्छ, उनीसँग ४४ रोल्स रोयस कार थियो, जसमध्ये २० वटा चाहिं दैनिक कामका लागि प्रयोग हुने गर्दथे । उनी भारतीय क्रिकेट टिमको कप्तान पनि भइसकेका थिए ।
दीवान जर्मनी दासले लेखेकेको पुस्तक ‘महाराजा’ मा महाराजा भुपिन्दर सिंहको जीवनकालको बारेमा विस्तारपूर्वक उल्लेख गरिएको छ । महाराजा भुपिन्दर सिंहका १० वटी रानी र ८८ जना सन्तान थिए । शान शौकतका कारण भुपिन्दर विश्वभरी नै चर्चित थिए । भनिन्छ, महाराजा भुपिन्दर सिंहबाट हिटलर यति प्रभावित भए कि हिटलरले भुपिन्दरलाई आफ्नो मेबेक कार उपहारस्वरुप दिएका थिए । हिटलर र महाराजाबीच लामो समयसम्म मित्रता रहेको थियो । क्रिकेटप्रति लगाव भएका कारण महाराजाले बीसीसीआई गठन गर्नका निम्ति ठूलो आर्थिक सहयोग गरेका थिए । मुम्बईको ब्रेबोर्न स्टेडियम बनाउन पनि उनले सहयोग गरेका थिए ।
प्रतिकृया दिनुहोस