• बिहीबार-चैत-१५-२०८०

लोपोन्मुख अवस्थामा यी बाँदर 

 

बाँदर अक्सर सबै खाले जंगल तथा त्यस्ता स्थानमा हुने गर्दछन् । विश्वबाट अधिकांश जीवजन्तुहरू लोप भइसकेको वैज्ञानिक अनुसन्धान छ । यस्तै बाँदरको एक प्रजाति पनि अब लोप हुने अवस्थामा पुगेको बताइन्छ । तापानुली ओरंगुटान नामक बाँदरको प्रजाति लोप हुने अवस्थामा रहेको छ । यी बाँदरहरू इन्डोनेसियाको उत्तरी सुमात्राको बटाङ तोरु पहाडमा अवस्थित जंगलहरूमा पाइने गर्दछन् । भनिन्छ, आगामी १०–१५ वर्षमा यी प्रजातिका बाँदर लोप हुनेछन् । यी बाँदरलाई ‘द ग्रेट एप्स’ पनि भन्ने गरिन्छ । पहिले ठूलो संख्यामा रहेका यी बाँदरहरू सिकारीहरूका कारण अहिले जम्मा ३ प्रतिशतमा झरेको छ ।

 

भनिन्छ, यो क्षेत्रमा हाल ८ सयभन्दा कम यी बाँदरहरू रहेका छन् । बटाङ नदी हाइड्रोइलेक्ट्रिक पावर प्लान्ट बनिरहेका कारण पनि यी बाँदरहरूको संख्या कम हुँदै गइरहेको आंकलन गरिएको छ । यसले तापनुली ओरंगुटानहरूको प्रजननमा समेत असर गरेको बताइन्छ । 

प्रतिकृया दिनुहोस