राणा प्रधानमन्त्रीकालमा पुराना हतियार थन्क्याउने भन्डार बनाएपछि लगनदरबार " लगन सिलाखाना दरबार " भयो । पहिलाकाे नाम लगन दरबार हो। यसलाई भीमसेन थापाको दरबार र भीमसेन थापाको श्रीमती भक्त कुमारीले यही दरबारमा झुन्डिएर आत्मा हत्या गरेको, आदि मौखिक ईतिहास र लेख सुनाइन्छ, लेखिएका छन।
गहिरिएर अध्ययन अनुसन्धान गर्दा त्यो कुरा सत्य होइन भन्ने तथ्यहरू फेला पर्छन्। अहिले पनि झुन्डिएको डोरी त्यही छ भनेर लेखिएको बोलेको सुनिन्छ, देखिन्छ, त्यो झन हुँदै होइन ।
भीमसेन थापाको घर सुरुमा लगनमा नै थियो भनेर पनि भनिन्छ। त्यो पनि हुँदै होइन । पछि त्यसमा जङ्गबहादुर बसे र पछि उनले भाई बमबहादुरलाई लगनदरबार दिए । भीमसेन शक्तिमा आउनसाथ सुन्धारा छेउको "बाग दरबार" कब्जा गरी त्यहीँ बसे। भीमसेन थापा यही बाग दरबारमा सेरिएर आत्माहत्या गरे भन्ने ईतिहास छ। लगनका स्थानीयहरुको भनाइ अनुसार चाहिं भीमसेन सेरिएको ज्याबाहालमा हो ।
सेरिएपछि धेरै दिन यिनको मृत्यु भएन । भीमसेन थापाको आत्माले तर्साउछ भनेर स्थानीइहरूले चोकमा गणेश स्थापना गरेका थिए । तर उनको कजिनी भक्त कुमारीले कहिले आत्मा हत्या गरिनन् । उनीहरुका १ छोरा र ३ छोरी थिए। छोराकाे सानै उमेरमा निधन भएपछि तीन छाेरी मात्रै थिए ।
भीमसेन थापाकाे परिवारकाे अंशबन्डाको कागज हेर्दा पनि लगन दरबार जनरल रणवीर सिंह थापाको हो भन्ने प्रमाण भेटिन्छ। उनी भीमसेन थापाका भाई हुन्। नेपाल अङ्रेज युद्धमा पर्सा-समनपुर-मकवानपुर ईलाकाको कमान्डर रहेका थिए । उनले युद्धमा अङ्रेजलाई हराएका थिए। पछि दोस्रो चरणको युद्धमा नेपालले अङ्रेजलाई जित्न सकेनन् । त्यस बेला राणवीर विजयपुर-धरान ईलाकामा थिए ।
जनरल रणवीरसिंह पछि जोगी बनेकाे इतिहास रहेकाे छ। भीमसेन थापालाई लगाएको आरोपले थापा खलकको सम्पित्त बारंबार सर्बस्व हरण भयो । फेरि फिर्ता पाए, फेरि खोसियो। यही क्रममा लगन दरबार सरकारी भयो। अनि लगन दरबारमा भीमसेन थापाको कजिनीले आत्माहत्या गरेको भन्नु एकदमै गलत हो।
यो लगन दरबार २०७२ सालको भुँइचालोले सबै भत्केर इतिहास मेटिने अवस्थामा पुगेको छ । यसकाे संरक्षणमा स्थानीय जनता र स्थानीय सरकार काठमाडाैं महानगरपालिकाले ध्यान दिएर मर्मत सम्भार गरेदेखि आन्तरिक र वाह्य पर्यटककाे आकर्षणकाे केन्द्र बन्न सक्छ । याे पर्यटकहरूकाे लागि आकर्षणकाे केन्द्र बन्दा स्थानीय जनताकाे रेष्टुरेन्टलगायतकाे व्यापार-व्यवसायमा चहलपहल बढ्ने छ भने नेपालकाे इतिहासकाे संरक्षणले देशकाे सम्मान पनि बढ्ने छ ।
भीम सेन थापाकै भाइभतिजका परिवारहरू बत्तिसपुतलीका कर्नेल रवी विक्रम, राजकुमार थापा, सिन्धुपाल्चोकका पूर्व मन्त्री विष्णु विक्रम-नेत्र विक्रम थापा, शम्भु विक्रम, लगन टोल कै सुशील विक्रम थापालगायतका थापाहरू जनरल रणवीर सिंह थापाका सन्तान हुन्।
(कलात्मक कृष्णको फोटो लगन दरबारभित्र कै हो । यो इतिहासका बारेमा थप जानकारी कसैसँग छन भने पाउने आशामा छु। फोटो श्रोत : म आफै-प्रेम)
प्रतिकृया दिनुहोस