• बुधबार-श्रावण-२८-२०८२

हिमानी शाहबाट हिमानी ट्रष्ट अमेरिकाको उद्घाटन


काठमाडाैं । पूर्व  युवराज्ञी हिमानी शाहद्वारा स्थापित हिमानी ट्रष्टले २०७८ माघ ६ गतेबाट विधिवत रुपमा अमेरिकामा पनि आफ्नो गतिविधि शुरु गरेको खबर छ । पूर्व युवराज्ञी हिमानी शाह स्वयं उपस्थित भएर भर्जिनियामा माघ ६ गते हिमानी ट्रष्ट अमेरिकाको उद्घाटन गरिएकाे छ ।


   हिमानी ट्रष्टले सन् २०१० देखि निरन्तर रूपमा नेपालमा शिक्षा र स्वास्थ्यको पहुँच, गरीवी निवारण, वातावरण र महाभूकम्प, काेराेना महामारी, जस्ताे अवस्थामा आपतकालीन सहयोगको क्षेत्रमा गरी देशका ५३ वटा जिल्लामा काम गरिरहेको जानकारी पनि गराइएकाे खबर छ  ।

अमेरिकामै बसाेबास गरिरहेका पत्रकार गुणराज लुइटेलका अनुसार,  अमेरिकामा हिमानी ट्रष्ट स्थापना कार्यक्रममा भर्जिनिया राज्यबाट निर्वाचित अमेरिकी सिनेटर, कंग्रेसम्यान, स्टेट डेलिगेट्स, लाउनडन काउन्टीकी सुपरभाइजर सहित अमेरिकी पाहुनाहरुले पनि हिमानीलाई मित्रवत प्रशंसा पत्र सहित शुभकामना ब्यक्त गरेका थिए ।


  हिमानी शाहबाट  उपस्थित सवैसंग भेटघाट र कुराकानी गरिएको थियो ।  उद्घाटन कार्यक्रममा हिमानी ट्रष्ट अमेरिकाका अध्यक्ष हरि शर्माले आफूहरुले अमेरिकामा स्रोत संकलन गरी हिमानी ट्रष्टका अभियानमा सहकार्य र सहयोग गर्ने जानकारी गराएका थिए ।

कार्यक्रममा भर्जिनिया र केही स्टेटबाट आएका हिमानी ट्रष्टका पदाधिकारीहरुकाे विशेष सहभागिता थियाे भने भर्जिनिया क्षेत्रका संघ/संस्था र सामाजिक ब्यक्ति, ब्यक्तित्वहरु भने कमै देखिन्थे ।


  एकातिर कतिपय मानिसमा हिमानी ट्रष्ट  राजनीतिक संस्था हो कि भन्ने आशंका गरिएकाे र आयोजकहरु मध्ये कतिपयले नेपालमा अझै पनि राजसंस्था कायमै भएको झैं गरेर पूर्व युवराज्ञीलाई  राजतन्त्रकालमै झै पुरै औपचारिक विशेषण लगाएर सम्वोधन गरी बदलिएको परिवेशलाई नजरअन्दाज गर्दा ट्रष्ट र हिमानी शाहको सामाजिक अभियानलाई कतै थप बल नपुग्ने हो कि भन्ने आशंका पनि कतिले गरेको देखिन्छ।


  पूर्व युवराज्ञी हिमानी शाह भने कार्यक्रमको दौरान जन साधारण कै शैलीमा प्रस्तुत हुँदै अंग्रेजी भाषाको संबोधनमा शाहले संस्थाको अभियानमा सहयोग गर्न स्वदेशी र विदेशीहरुलाई आह्वान गरिएकाे थियो ।

प्रतिकृया दिनुहोस