हामीले नेपाली सेनाकाे हाम्राे गणकाे बेथितिका बारेमा केही गुनासाहरू पठाएका छाैं । कृपया प्रकाशित गरेर बेथितिविरूद्ध आवाज उठाइ दिनु हुनेछ भन्ने अपेक्षा गरेका छाैं ।
नेपाली सेनाका सम्पूर्ण स्टाफका लागि प्राइभेट फण्ड एउटा राहतकाे फण्डकाे रूपमा रहेकाे हुन्छ । याे फण्ड हाम्राे राशनबाट बचेखुचेकाे रकमबाट खडा गरिएकाे हुन्छ । सेनाकाे याे प्राइभेट फण्डबाट गच्छे अनुसार, आवश्यक लत्ता कपडा, जिन्सी सामान हाल्ने गरिन्छ ।
प्रत्येक गणको आन्तरिक फन्डमा मौज्दात रकम रहेकै हुन्छ, तर नेपाली सेनाकाे गरुड दल गणको फन्ड मौज्दात रकम शून्य के कारणाबाट भयाे ? यस गणका नेतृत्व गरेका रामकृष्ण श्रेष्ठ गणपतिभन्दा अघिल्लो गणपति ज्योतिकुमार थापाले १७ लाख रुपैयाँ रामकृष्ण श्रेष्ठ करसा'बलाई गणपतिको कार्यभार हस्तान्तर गर्दा बुझाउनु भएको थियो भन्ने हामीले थाहा पाएका थियाैं । तर, त्यो रकम पनि गणपति प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले के गरेर सिध्याउनु भयो ? हामी सकल दर्जाले केही पाएनाै ।
कमाण्डपितबाट यसकाे तत्काल छानविन हाेस् भन्ने माग गर्दछाैं । हामीहरूकाे गाँसबाट बचेकाे त्यत्ति ठूलाे रकम के कसरी र के काममा खर्च भयाे ? हामीलाई थाहा चाहियाे । हामी सेना दर्जाकाे सिपाहीका लागि सानाेतिनाे रकम पनि महत्वपूर्ण मानिन्छ ।
अहिले नेपाली सेनामा जवानको रासन बेच्ने सिस्टम छ । सेनाकाे ब्यारेक(गण)काे बचेकाे राशनबाट प्रत्येक महिना लाखौं रकमको रासन बिक्रीवितरण हुन्छ । त्यो पैसा पनि गणपतिबाट हिनामिना गरिएकाे हाे कि के भएकाे हाे यसबारेमा पनि तत्कालै छानिवन हाेस् भन्ने माग गर्दछाैं ।
रासनबाट बचेकाे फण्डकाे पैसाबाट न त गणमा कुनै सामान हालेको छ न त जवान भान्छाको लागी केही खर्च गरिएको छ ? खोई त्यो रासन बेचेको लाखाै लाख रकम ? याे ठाडै हामी गरिब जवान र बिल्लादारहरूमाथिकाे चरम शाेषण हाे । यसकाे बारेमा तत्कालै छानविनकाे माग गर्दछाैं । -नेपाली सेनाकाे गरुड दल गणका पीडित सिपाहीहरू
प्रतिकृया दिनुहोस