• शुक्रबार-बैशाख-१४-२०८१

असमझदारी हटाउन प्रधानमन्त्री प्रचण्ड वालकोटस्थित ओली निवासमा

 

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वालकोटस्थित निवासमा पुगेका छन । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका बिषयमा शंका तथा आशंका बढदै गएको बेला प्रधानमन्त्री प्रचण्ड वालकोट पुगेका हुन ।

 

रास्वपालाई गृह मन्त्रालय दिनु पर्ने ओलीको सुझावलाई प्रधानमन्त्री प्रचण्डले अस्विकार गरे पछि दुवै नेता बीचमा पनि समझदारीमा समस्या आउन देखा परेको अवस्थामा दुवै नेताबीच भेटघाट बाक्लिन थालेको हो ।

 

सत्तारुढ दल भित्र दुई महिना नपुग्दै देखा परेको किचलो हल गर्नका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दिनहुँ भेटघाट हुने क्रम बढेको छ । तर, निष्कर्ष भने निस्कन सकेको छैन । 
 

 

प्रतिकृया दिनुहोस