• शुक्रबार-बैशाख-७-२०८१

भारतीय अभिनेत्री कंगना लेख्छिन्- अब सगरमाथाकाे यात्रा बन्द गर्नुहोस् !!

 

मुम्बई, १७ जेठ । भारतीय अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमा सगरमाथा आधार शिविरमा देखिएको फोहोरको भिडियो पोस्ट गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेकी छन् ।

 

भिडियोमा आधार शिविरमा रहेको टेन्ट बाहिर फोहोर थुप्रिएको देखाइएको छ । उनले आफूलाई भगवानको प्रिय सम्झने मानिसले वास्तविकता जाच्नुपर्ने सुझाव दिएकी छन् । ‘एभरेष्ट यात्रा बन्द गर्नुहोस् वा यसलाई ठीक गर्नुहोस् । शिखरमा यस्तो दृश्य अस्वीकार्य हुन्छ’, उनले लेखेकी छन् ।

 

उनले अगाडि लेखेकी छन्,‘जोकोही सोच्छन् कि मानव भगवानको मनपर्ने कुरा हुन् । उनलाई यो वास्तविकताको जाँचको आवश्यकता छ । यो दृश्यमा हेर्नुहोस्, तपाईंलाई महशुस हुन्छ कि मानव शायद भगवानको सबैभन्दा कम मनपर्ने हुन सक्छन् । मानिस हरेक स्थानमा आफ्नो दुर्गन्धित फोहोरको पदचिन्ह छोड्छ । विश्वलाई यस्ता व्यक्तिबाट बचाउनुहोस् ।’

 

कंगना फिल्म ‘इमरजेन्सी’मा देखिँदैछिन् । उनलाई ‘तेजस’, ‘चन्द्रमुखी २’ र ‘मणिकर्णिकाः द क्वीन अफ दिद्दा’ जस्ता फिल्मबाट प्रस्ताव पनि आएको छ ।

प्रतिकृया दिनुहोस