• शुक्रबार-बैशाख-७-२०८१

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

 

काठमाडौँ, १७ जेठ (रासस) : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । उहाँले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गर्नुभएको हो । 

 

मन्त्री बस्नेतका प्रेस सल्लाहाकार रामचन्द्र दुलालले मन्त्री बस्नेतले मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरेको जानकारी दिनुभयो । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल, परोपकार प्रसुतिगृह स्त्रीरोग अस्पतालको निर्देशकमा डा श्रीप्रसाद अधिकारी, राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा बद्री रिजाललाई जिम्मेवारी तोकिएको छ । 

 

राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकमा भरत भट्टराईलाई पठाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा रुद्र मरासिनी र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निर्देशकमा डा अनुज भट्टचनलाई जिम्मेवारी तोकिएको छ । यसैगरी मन्त्री बस्नेतले डा चुमनलाल दास र डा यदुचन्द्र गौतम मन्त्रालयमा काम गर्नेगरी जिम्मेवारी दिनुभएको छ । 
–––
 

प्रतिकृया दिनुहोस