• बुधबार-कार्तिक-७-२०८१

बालेनले दिए इँटाको जवाफ पत्थरले... 

 

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानून र अदालतलाई मान्ने वाला छैन ।’ भारतीय फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्पष्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेपछि नेपाल भारतको अधिन थियो भन्ने बुझ्नु पर्ने हो त ? नेपालको अदालत र नेपाल सरकार भारतको गुलाम भएको बुझिन्छ । यसका लागि जुनसुकै सजाय भोग्न तयार छु । तर, फिल्म चल्दैन र चल्न दिइने छैन’ –बालेन शाह, फेसबुकमा 


मेरा मित्र एडभोकेट राजकुमार थापाले लेख्नु भयो, ‘सन् १९०३ मा नेपाल भारतको अंग थियो भन्ने मनोजले निकृष्ट फिल्म आदिपुरुष देखाउ भन्ने विदेशी भक्त हुन् ।’ भारतीय शंकाराचार्यले भन्नुभयो, ‘इस फिल्मोको देखा तो सब पुण्य नष्ट होगाया ।’


बालेन शाह नेपालको राजधानीका जनताद्वारा निर्वाचित हुनुहुन्छ र काठमाडौंमा जनताको भावनाप्रति उत्तरदायी हुुनुहुन्छ । उहाँले भन्नुभयो, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानून र अदालतलाई मान्ने वाला छैन ।’


मान्छेलाई लागेको, भावना, विचार र विश्वासका लागि जुनसुकै सजाय भोग्न तयार हुनु साँचो मान्छेको संकल्प हुन्छ । सायद यस्तै आफ्नो संकल्पलाई सत्याग्रह भन्छन् । आफ्नो विश्वास, सिद्धान्त, मान्यताका लागि लड्दा नेपालमा पिंढी दर पिंढी हामीहरुले र हाम्रो पूर्व पिंढीले जेलनेल सर्वस्वहरण मात्र होइन फाँसी र गोली राणा शाहीदेखि खाएर शहीद भएको हाम्रो इतिहास छ । हाम्रो वर्तमान पनि भावी पुस्ताको इतिहास हो । बालेन नयाँ पिंढीको युवा हुनुहुन्छ । उहाँ अहिलेसम्म कुनै राजनीतिक दलमा पनि हुनुहुन्न । 


भारतको नयाँ संसद भवनमा भित्तामा कुँदिएको नक्सा (म्युरल)मा नेपाल, बंगलादेश पाकिस्तानको वर्तमान सरकारले लामो मौनतापछि नयाँ दिल्लीमा नेपालका राजदूतलाई बुझ्नुसम्म भनेको छ । स्वतन्त्र युवा बालेन काठमाडौंका जनता विशेषगरी युवा÷युवती मतदाताको पुराना ठूला राजनीतिक दलहरुको क्रियाकलापलाई चरम भ्रष्टाचारले उत्पन्न वितृष्णाले गर्दा राम्रो मत पाई विजयी हुनुभयो । कांग्रेस, एमालेलगायतका राजनीतिक दलका उम्मेदरवारहरुको पराजय भयो ।

 

स्वयं भारतका कयौं संचारकर्मीले समेत भनिसके यो नक्साले विस्तारवादी आकांक्षा स्पष्ट देखिन्छ । त्यसको प्रतिउत्तरमा मेयर बालेनले उहिलेदेखि फणिन्द्र नेपालद्वारा प्रकाशितलाई पुरानो ऐतिहासिककालको ग्रेटर नेपालको नक्सा राख्नुभयो । काठमाडौं महानगरपालिकाको कक्षमा प्राचीन इतिहासमा पाल्पा सेन राजाहरुकै पालामै मोरङ नेपालको दक्षिण जलालगढसमेत मकवानी सेन राज्यको शासन अन्तर्गत थियो भनि २०० वर्षभन्दा पहिले युुरोपियन इतिहासकारहरुले लेखेको पाइन्छ । स्वयं जवाहरलाल नेहरुले नैनिताल कुनै समय नेपालको थियो भनि लेखेको छ । पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौं । कुनै शक्तिका सामु कहिले हामी झुकेथ्यौं ?’ हाम्रो राष्ट्र कवि माधव प्रसाद घिमिरेले लेखेको गीत उहिले देखि सुन्दै आएकै छौं । 

 


 सन् १७६७ (विसं. १८२४) मा काठमाडौं उपत्यका जित्न ब्रिटिश किनलकको नेतृत्व ठूलो फौज अगाडि बढ्दै जाँदा सिन्धुलीगढीबाटै पृथ्वी नारायण शाहको गोर्खाली फौजले हराएर धपाएको हाम्रो स्वतन्त्रताको इतिहासमाथि गर्व छ । जबकी त्यसको १० वर्ष अघि सन् १७५७ मा षड्यन्त्र गरी स्वतन्त्र बंगालमा शासक सिराजुदौलाको हत्या उनकै सेनापति मिरजाफरद्वारा गराई कलकत्तासहित विशाल सम्पूर्ण बंगाल बिहार ब्रिटिशहरुले कब्जा गरिसकेका थिए । 


 सिन्धुलीगढी लडाई बढेको रोमाञ्चक वर्णन पाइन्छ । नेपाली सेनाले बच्छिउ र अरिंगालको गोलाहरु भड्काए । पहिलेदेखि चारैतिर पोल्ने सिस्नोको झ्यांगहरु लगाएर राखेकै थिए । पालेका अर्नाहरुलाई रक्सीले मताएर सिंहमा राँको बाँधी ब्रिटिश आक्रमणकारी सेनातर्फ दौडाएका थिए । किनलक परास्त भएर फर्केपछि आफ्नो माथिको अधिकारी रम्बोल्डलाई लेखेको पत्रामा लेखिएको थियो, ‘पहाडमा मानिसले मात्र होइन जनावर, किरा र बिरुवाले समेत लड्दा रहेछन् । ’ 


मेयर बालेन राजधानीको जनताद्वरा निर्वाचित स्वतन्त्र मेयर हुनुहुन्छ । नरेन्द्र मोदीले अशोकको पालाको नक्सा भन्दै झुटो विवरण राखेर नेपालको लुम्बिनी, कपिलवस्तुलगायतका भूभाग भारतीय सरकारले नयाँ संसद भवनका नक्सामा राखेपछि नेपालका जनताको मनमा आक्रोश आउनु स्वभाविक हो । यस आक्रोशको प्रतिनिधित्व गर्दै बालेनले त्यसपछि सबैभन्दा राम्रो र ठोस रुपले नेपालको कुनै समयको साँचो नक्सा राख्नु नरेन्द्र मोदीको म्युरलको सही उत्तर दिनु हो । नक्साको जवाफ नक्साले दिनु भयो, ग्रेटर नेपालको नक्सा राखेर । धन्यवाद छ ।
 

प्रतिकृया दिनुहोस