• बिहीबार-फाल्गुण-१०-२०८०

माधव नेपाललाई केन्द्रीय सदस्य गलपासो !

 

एमालेमा जिल्ला सदस्य बन्न सकिएन भनेर ‘गनगन गर्ने’ धेरै अहिले माधव नेपालको केन्द्रीय सदस्य छन् । माधव नेपालको पार्टीको गठननै मूलतः ‘गनगनेहरूलाई’ ‘केन्द्रीय सदस्य’ घोषित गराउने उद्देश्यबाट भयो । केन्द्रीय सदस्यमा थप्दै गयो उति धेरैले नेपालको पार्टी छोड्दैछन् । नेपाललाई उनको पार्टी ‘निल्नु न ओकल्न’ भएको प्रस्ट देखियो ।


माधवलाई गलपासो


एमालेमा असन्तुस्ट भएका, अल्छी, लोभी, स्वार्थी, ढोँगी, पदलोलुप र गनगनेहरूलाई केन्द्रीय सदस्य बनाउने–केन्द्रीय सदस्य बन्ने उद्देश्यबाट मात्र माधवको दल जन्मियो । एमालेमा ‘ओलीले पाखा लगाए’ भन्दै माधवको ‘पुच्छर’ समाएर केन्द्रमा पुगेका र ‘जसरी पनि केन्द्रीय सदस्य बन्ने’ लोभ भएका एउटा ‘झुन्डको कारण’ माधव मुसाउरोमा परेको मुसा जस्ता भएका छन् । मेसिनमा परेको मुसा बाँचेको पनि देखिन्छ । खान पनि सक्दछ । तर, मुसाउरोबाट बाहिर निस्कन सक्दैन । यस्तो अवस्थामा माधव नेपाल पुगेका छन् ।

 

एकसरो एमालेमा प्यासिव बसेका र जिम्मेवारी नपाएका भन्दै केन्द्रीय सदस्य भए मात्र काममा खटिने भन्ने सर्त राख्दै आएका ‘स्वाँठहरू’लाई समेटेर माधवले ‘झुन्ड’ बनाए । अहिले माधवलाई त्यै झुन्ड फेरि गलपासो बन्दैछ । एमालेमा पालिका कमिटीमा परिएन भन्नेजति सबैलाई जिल्ला र प्रदेशमा पु¥याइएको छ । 


जिल्ला सदस्य भइएन भन्दै ‘गनगन’ गर्ने गनगने पदलोलुप सबैलाई केन्द्रीय सदस्य बनाइएको भए पनि नेपालको संकट झनझन गहिरिँदो छ । झलनाथ, रामकुमारी लगायतका ६ दर्जन भन्दा बढी ‘नेता’ले सार्वजनिक रुपमै र बैठकमै असन्तुष्टि पोखे, पोख्दैछन् । खनाल एउटा ठूलो जत्था सहित एमालेमा फर्कने र इलामको उपचुनावमा विजयी हुने जुक्ति खोज्दैछन् । खनालले कोसीमा समर्थन सहित समूह एमाले प्रवेश गराए एमाले नेतृत्व खनालप्रति नरम हुने संकेत देखिएको छ ।

 

यसै कारण नेपालले खनाल र झाक्रीलाई ‘निस्केर जा’ भनिसके । यसरी धेरैलाई ‘मनोनित’ गर्दै केन्द्रीय सदस्य ‘वितरण’ ग¥यो उतिबढी घेराका मान्छेहरू आफूलाई किन नबनाएको भन्दै क्वारक्वार र गनगन गर्ने रोग नेपालको समूहमा बढेकोले धेरै इमान्दार मान्छेहरू माधवलाई धिक्कार्दै गल्ती महशुस गर्दै आफ्नो घर एमालेमा फर्कनेव्रmम व्यापक ढंगले बढेको प्रस्ट देखिएको छ ।


एमाले मूल स्कुल


राजनीतिक पार्टीको गठन र निर्माणमा ठूलो अन्तर हुन्छ । गठनले वैधानिकता खोज्दछ । तर निर्माणले राजनीतिक, वैचारिक, एतिहासिक, सांगठानिक, व्यवस्थापकिय तथा जनतामा आधारित संगठनको माग गर्दछ । माधवको दल केवल ओलीको रिसको दूरुपयोग गर्दै बेकामे र असन्तुस्टहरूलाई केन्द्रीय सदस्य पदको वितरण गरेर एउटा समूहको निर्माण गर्ने उद्देश्यले मात्र भयो ।

 

यसर्थ राजनीतिक, वैचारिक, सांगठानिक र सामाजिक कुनै पनि आधार र जग नभएका स्वार्थी समूहको भेला वा बैठक वा गठन मात्रले राजनीतिक पार्टी बन्दैन ।


 सो कुरा २०७९ को निर्वाचनले नेपालको दल राष्ट्रिय दल पनि बन्न नसकेकोबाट प्रस्ट भइसकेको छ । यसर्थ एमाले कम्युनिस्ट विचार र प्रगतिशील धारणामा विस्वास गर्ने विचारधाराको एउटा स्कुल हो । विचारको मुहान हो । जनतामा आधारित वैचारिक, राजनीतिक र सामाजिक स्वीकार्यता भएको संगठन हो ।

 

यसैले स्कुल वा विचार एकातिर संलग्नता र सहभागिता अर्काेतर्फ हुँदा माधवका केन्द्रीय सदस्यहरूलाई कहिले फेरि एमालेमा जाँउला र छाती फुकाएर समाजमा सानसँग हिँडुला भन्ने छ ।


केन्द्रीय सदस्यको समस्या


माधवका समूहमा लागेका असी प्रतिशत भन्दा बढी नेता कार्यकर्ता मूल घर प्रवेश गर्न आँतुर र तयार देखिन्छन् । मनैदेखि माधवको पार्टीमा लाग्नेको संख्या पाँच प्रतिशत पनि छैन । यसमा पनि केन्द्रीय सदस्यको पद र जिल्ला सदस्य आदिको पद नै बाधक तथा समस्यका रुपमा रहेको प्रस्ट देखियो ।

 

माधवले घोषित गरी टीका लगाएका सबैलाई एमालेमा फेरि बराबर ‘केन्द्रीय सदस्य’ दिने अवस्था हुँदैन, छैन । अब म त केन्द्रीय सदस्य भइसकेँ भन्दै ठूलो नेता भएको सोच्ने ढोँगीलाई फेरि एमालेमा उही बराबरको केन्द्रीय सदस्यको पद पाउँछु कि पाउदिन भन्ने त्रास नै मूल समस्या भएको देखिन्छ । 


वडामा फिट हुनेलाई पनि जिल्ला सदस्य दिएका छन्, नेपालले । यो नै समस्या हो । त्यसरी आफ्नो गुट बलियो बनाउने सोचले बाँडिएका केन्द्रीय सदस्यको पद नै माधवलाई गलपाँसो बन्दैछ । माधव एमालेमा आउँदा पनि मूल समस्या केन्द्रीय सदस्य हो । अर्थात राजनीतिक वैचारिक विमती केही छैन । माधवले टीका लगाएर बनाएकालाई एमालेले चिन्दैन । सबैलाई फेरि त्यो हैसियत दिँदैन, दिनु पनि हुँदैन । समस्या केन्द्रीय सदस्यको हो ।


छाता पार्टी


जनताद्वारा, जनताले र जनताको लागि गठन गरिएको राजनीतिक दलको सांगठानिक स्वरुप भनेको पिरामिड जस्तो हुन्छ, हुनुपर्दछ । पिरामिड अर्थात भुँइमा ठूलो र माथि सानोसानो हुँदै जाने । तर माधवले गठन गरेको दल नामक झुन्ड चाहिँ छाता जस्तो रहेको छ ।

 

माथि केन्द्रीय कमिटी, केन्द्रीय सदस्य र ‘नेता’को समूह ठूलो छ । जति तल आयो उति कार्यकर्ता र संगठनको संख्या सानो रहेको छ । भूगोलको आधारमा वा तल माधवको कार्यकर्ता र जनता छैनन् । एमालेलाई ताछ्नको लागि मात्र बनाइएको छाता आकारको पार्टी नै माधवको लागि गलपाँसो भएको छ । 


परजीवी दल


एमालेलाई एकपटक देखाईदिने (मूलतः ओलीलाई) र फेरि उही हैसियतमा एमालेमा फर्केर ‘ठूलो बन्ने’ संकीर्ण सोचले माधवले बनाएको समूह अहिले उनैलाई गलपाँसो भएको छ । माधवले स्वार्थ पूर्तिको लागि बनाएका केन्द्रीय सदस्यलाई त्यसै छाडन पनि सक्दैनन् र एमालेमा फेरि तिनलाई ‘केन्द्रीय सदस्य’ दिलाउन पनि सक्दैनन् । सोही कारण प्रचण्डको पछुवा र काँग्रेसको घोडा भएर ‘दिएको खाने र तोकिएको गर्ने’ ‘तामेलदार’ समूह भएर बसेका छन् ।

 

उनी आफै वा आफ्नै राजनीति, वैचारिक र सांगठानिक शक्तिको आडमा सास पनि फेर्न सक्दैनन् ।  अरुले व्रिmया गर्दा उनको दलले पनि लोलीमा बोली मिलाउने बाहेक उनको अहिले नेपाली राजनीतिका कुनै अलग्गै हैसियत र क्षमता देखिन्न । अर्थात माधवको दल परजीवी समूह भएको छ ।

 

काँग्रेस, माओवादीको पुच्छर भएर तिनलाई प्राप्त राजनीति, सामाजिक र संसदीय हैसियतबाट थोरै भाग मागेर खानेदेखि बाहेक उनीसँग अरु हैसियत नभएकोले कुरा स्वयम् झलनाथ खनालले हालैको बैठकमा राखेका छन् । परजीवी र पछुवा दलले अगाडिको मालिकले चाहेको कार्य गरे वापत केही दिने बाहेक केही हुनेवाला छैन् । 


यसर्थ माधवको दल केवल निर्वाचन आयोगको ढड्डामा मात्र सीमित हुने पक्का छ । यस्तो अवस्थामा माधवको पार्टीमा बस्नुको औचित्य छैन् । तर यहाँ फेरि पनि ‘नेता भइयो भन्दै फुल्ने’हरूको चिन्ता र चासो चाहिँ त्यही ‘केन्द्रीय सदस्य’ के हुने ? भन्नेमै सीमित छ ।

 

राजनीतिक र सामाजिक दृष्टिले आफ्नो भविश्य देख्ने विचारकले सानो, लक्ष्यहीन र परजीवी समूहको ठूलो पदमा बसेर गनगन गर्नुभन्दा एमाले जस्तो प्रभावशाली र राजनीति, वैचारिक तथा सामाजिक स्वीकार्यता सहित भविश्य भएको दलको सानो कार्यकर्ता वा सदस्य भएर बस्नु ठूलो सफलता हो । माधवले दिएको केन्द्रीय सदस्यको कुनै तुक छैन । 


 माधवको केन्द्रीय सदस्यलाई नेपाली राजनीति र समाजमा कसले किन पत्याउने ? कुनै पनि राजनीतिक, दार्शनिक, ऐतिहासिक, सामाजिक र वस्तुगत आधार छैन् । यसर्थ केन्द्रीय सदस्य मनोनित गर्दै समूह बढाउने भ्रम पाल्दै आएका माधवको केन्द्रीय सदस्यको औचित्य पुष्टि नै हुन सक्दैन ।

 

माधवले बनाएका केन्द्रीय सदस्य स्वयम् माधवलाई गलपाँसो बन्दैछ भने अरुलाई किन नबन्नु ? जसरी साउनमा पानी जमेको खेतमा ढलेको मुँडोमा केही महिना पालुवा आएर फेरि हरियो हुन लागेको जस्तो देखिनु भ्रम मात्र हो ।

 

त्यो रुखमा कहिल्यै फेरि जरा लाग्दैन । खेतमा पानी सुकेपछि स्वत: रुखले सुक्नु पर्दछ  । त्यसमा लागेका कृतिम पालुवा तत्कालै वइलाउँदछन् । त्यस्तै अवस्थामा रहेको छ–माधवको समूह । उनले बाँडेका केन्द्रीय सदस्य उनकै लागि लगपासो बन्दैछ ।

(साँघु साप्ताहिक, २०८० असोज ८)

प्रतिकृया दिनुहोस