• आइतबार-बैशाख-१६-२०८१

एसईई : सिरहामा १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरियो

 

सिरहा, १६ चैत । सिरहामा परिक्षा संचालन भएको १० मिनेट नबित्दै (एसईई) परीक्षाको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ । 

 

परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो । निजि विद्यालयहरूले फ्लाप बनाउन सकृय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर समाजिक सञ्जाल ह्वाटसअप मार्फत छ्यासछ्यास्ती बनाइएको छ । 

 

परीक्षा हल वरिपरी फोटोकापी मेसिनसहित चिट बनाउने टोलीहरु सकृयरूपमा बसेका छन्। सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र समाजिक संजाल मार्फत निजि विद्यालयहरुको हात हातमा पुगेको छ ।

प्रतिकृया दिनुहोस