• शनिबार-बैशाख-१५-२०८१

दार्चुलामा भिरबाट लडेर वडा सचिवको घटनास्थलमै मृत्यु

 

धनगढी,१६ चैत । दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर एक जना वडा सचिवको मृत्यु भएको छ । प्रहरीका अनुसार गाउँपालिकाको केन्द्र बस्तीबाट डाँडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको मृत्यु भएको हो ।

 

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घटना बिहीबार भएकोमा प्रहरीले शुक्रबार मात्रै जानकारी पाएको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।

 

 

प्रतिकृया दिनुहोस