• मंगलबार-बैशाख-१८-२०८१

निगमद्वारा चैत मसान्तसम्म जहाजको ऋण ५ अर्व ३६ करोड भुक्तानी

काठमाडाैं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८० चैत महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजकोे आंशिक गरी मिति २०८० चैत ३० गते जम्मा रु ५३,०९,५५,२८१ (अक्षरेपी त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ मात्र) रकम भुक्तानी गरेको बताएकाे छ ।


 निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात निगमले २०८० चैतसम्मको अवधिमा ५ अर्व ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको हाे ।


 साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई  सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको जानकारी दिएकाे छ ।

 

प्रतिकृया दिनुहोस