• मंगलबार-बैशाख-१८-२०८१

यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा

 

काठमाडौँ । एसीसी प्रिमियर कपमा यूएईले कम्बोडियामाथि फराकिलो जित हासिल गरेको छ ।

 

समूह 'बी' को समूह चरणको अन्तिम खेलमा यूएईले कम्बोडियालाई ९ विकेटले पराजित गरेको हो । कम्बोडियाले दिएको ७७ रनको लक्ष्य पछ्याएको यूएईले ५.१ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि कम्बोडियाले पहिला ब्याटिंग गर्दै १९ ओभरमा अल आउट हुँदै ७६ रन मात्र बनाएको थियो ।

 

यो जितपछि यूएईको ४ खेलमा ६ अंक भएको छ र अहिले शीर्ष स्थानमा उक्लिएको छ । यो जितपछि यूएई सेमिफाइनलमा पुग्ने निश्चित भएको छ र अब समूह 'बी' को विजेता उपविजेताको टुंगो भने अहिले जारी रहेको ओमान र कुवेतबीचको खेल पछि मात्र लाग्ने छ । ओमानले कुवेतलाई हराएमा यूएई उपविजेता हुने छ र सेमिफाइनलमा नेपालसँग खेल्ने छ । अर्को तर्फ कुवेतले ओमानलाई पराजित गरेमा भने रनरेट निर्णायक हुने छ ।

 

समूह 'बी' बाट बहराइन र कम्बोडिया यस अघि नै बाहिरिइसकेका छन् ।
  

 

प्रतिकृया दिनुहोस