• बिहीबार-बैशाख-२०-२०८१

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना यूएईसँग

 

काठमाडौँ । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् । बुधबार समूह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पूरा भएको थियो ।

 

समूह 'ए' बाट नेपाल समूह विजेता र हङकङ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् भने समूह 'बी' बाट ओमान विजेता र यूएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि सुरु हुने छ ।

 

नेपाल र यूएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् । यी दुई बीचको खेललाई एसोसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र यूएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने यूएईले ४ खेल जितेको छ ।

 

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल अपराहन्न ४: १५ बजेदेखि सुरु हुने छ । यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् । 
 

 

प्रतिकृया दिनुहोस