• सोमबार-बैशाख-२४-२०८१

पर्यटन बोर्डको नयाँ सीईओ नियुक्तिमा ल्यारक्याल लामाकाे दवाव

काठमाडाैं । नेपाल पर्यटन बोर्डको नयाँ सीईओका लागि १६ जनाको प्रतिस्पर्धा भइरहेको छ । ती १६ जनाले पहिलो चरणको प्रस्तुतिकरण दिइसकेका कारणले अन्तर्वार्ताको तयारीमा रहेका छन् ।

 

२०८१ वैशाख १४ गते शुक्रबार हुने अन्तर्वार्ताको २ दिनपछि ३ जनाको नाम फाइनल गर्ने सीईओ छनोट उपसमितिको तयारी रहेको खबर छ । उक्त  तयारी अनुसार अर्को साता नयाँ सीईओ आउनसक्ने बताइएको छ । त्यसैले, अहिले १६ जना प्रतिस्पर्धी अहिले शक्तिकेन्द्रको दौडमा लागेका छन् ।


    प्रधानमन्त्री निवास बालुवाटारमा कुरा भइसकेकाे भनेर  धाक दिंदै ल्यारक्याल लामाले राईलाई बोर्डको सीईओ बनाउनका लागि  पर्यटन मन्त्री हितबहादुर तामाङसँग भेटघाट गराइसकेका स्रोतहरुले दावी गरेका छन् । लामाले प्रधानमन्त्री निवास र  कार्यालयमा पनि ज्ञानिन राईलाई लगेको पनि चर्चा चलेको छ ।


    राजनीतिक दलका नेता तथा व्यापारीहरुको साथ सहित उनीहरु सीईओको दौडमा रहेका हुन् । उक्त दौडको बिचमा लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा विवादास्पद छविका व्यक्ति  ल्हारक्याल लामाले पनि आफ्नो उम्मेदवार खडा गरेपछि शक्ति समीकरण फेरबदल हुने अनुमान हुन थालेको छ । लामाले आफ्नो उम्मेदवारको रुपमा कोषमै कार्यरत कर्मचारी ज्ञानिन राईलाई साथ दिएका छन् ।


    प्रधानमन्त्री निवास बालुवाटारमा कुरा भइसकेकाे भनेर  धाक दिंदै ल्यारक्याल लामाले राईलाई बोर्डको सीईओ बनाउनका लागि  पर्यटन मन्त्री हितबहादुर तामाङसँग भेटघाट गराइसकेका स्रोतहरुले दावी गरेका छन् । लामाले प्रधानमन्त्री निवास र  कार्यालयमा पनि ज्ञानिन राईलाई लगेको पनि चर्चा चलेको छ ।

 

तत्कालीन पर्यटन मन्त्री सुदन किराँतीले बोर्डको संभावित सीईओका रुपमा राईलाई अघि सारेका थिए । तर, किराँतीको  मन्त्री पद खुस्केका कारणले अहिले उक्त भूमिकामा नभएपनि राईलाई सीईओ बनाउन भने किराँतीको पनि सक्रियता रहेको बताइन्छ ।


     लामाको कोषको उपाध्यक्षमा विवाद हुँदा मन्त्री किराँतीले प्रतिरक्षा गरेका कारण अहिले राई अघि सार्न किराँतीले नै भूमिका खेलेको बताइन्छ । त्यसैले लामाले आफ्नो उम्मेदवारको रुपमा राईलाई अघि सारेपछि पर्यटन क्षेत्रमा लामो समय विताएकाहरु आश्चार्यमा परेका छन् ।


   प्रतिस्पर्धीहरु पनि त्यसलाई अनौठो मानेर हिडेका छन् ।  माअ‍ोवादीले उम्मेदवार हुनुपर्ने ठाकुर देवकोटा, सूर्य घिमिरे, दीपक वास्ताकोटीहरु हुन् । तर, माओवादी केन्द्रले भनेर केही हुने पक्षमा नभएका कारण पनि माओवादीका बोर्ड सदस्यहरु भने मौन देखिएका छन् ।


मन्त्री तामाङ  पनि अहिले केही गर्न सकिरहेका छैनन् । सीईओका लागि पूर्वसीईओ धनञ्जय रेग्मी, दीपक जोशी, बोर्डका कर्मचारी लक्ष्मण गौतम,  हिक्मत सिंह ऐर, श्रद्धा श्रेष्ठ, नविन पोखरेल रहेका छन् । त्यसैगरी, रामचन्द्र सेढाई, रामराम गिरी,ज्ञानेश्वर महतोलगायता रहेका छन् ।

 

प्रतिकृया दिनुहोस