• सोमबार-बैशाख-२४-२०८१

यू–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ

 

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले काजाकिस्तानको अस्तानामा हुने एएसबीसी यू–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीसहित ५ सदस्यीय टोलीलाई बिदाइ गरेका छन् ।

 

प्रतियोगिता अप्रिल २७ देखि मे ८ तारिखसम्म हुँदै छ । साथै प्रतियोगितामा पुरुष ४८ केजी समूहमा लालप्रसाद उप्रेती, महिला ४८ केजी समूहमा सुष्मा तामाङ र महिला ५० केजी समूहमा रमिशा श्रेष्ठले भाग लिँदै छन् । त्यस्तै खेलाडीसँगै प्रशिक्षक सुजित पुन मगर र निर्णायक धनकुमार मैनाली पनि काजाकिस्तान जाँदै छन् ।

 

 

प्रतिकृया दिनुहोस