• शनिबार-बैशाख-२२-२०८१

बुर्किना फासोको सेनाले एकै दिन २२३ जनाको हत्या गरेको खुलासा

 

फासो, १३ बैशाख । बुर्किना फासोको सेनाले एकै दिन २२३ जनाको हत्या गरेको खुलेको छ । गत फ्रेबुअरीको अन्तमा एकै दिनमा कम्तिमा ५६ बालबालिका सहित २२३ जना सर्वसाधारणको हत्या गरेको खुलेको हो ।


सो देशका सशस्त्र सेनाले वर्षौं देखिको सबैभन्दा खराब दुर्व्यवहारको अनुसन्धान गर्ने क्रममा सो हत्या भएको खुलेको दि गार्जियनले जनाएको छ । यो सामूहिक हत्यालाई जिहादी हिंसाको सामना गर्न फराकिलो सैन्य अभियानसँग जोडिएको छ र सुरक्षा सुधार गर्न मद्दत गर्न पश्चिमी अफ्रिकी देशमा रूसी सेनाहरू अवतरण गरेको हप्ता दिन पछि यस्तो भएको जनाइएको छ ।

 

ह्युमन राइट्स वाच (एचआरडब्लु ले भनेको छ, ‘यो नरसंहार मानवता विरुद्धको अपराध हो, जसले बुर्किनाबेका अधिकारीहरूलाई संयुक्त राष्ट्रको नेतृत्वमा तुरुन्त अनुसन्धान सुरु गर्न आग्रह गर्दछौं ।’

 

साक्षीहरूको गवाही र भिडियो र फोटोहरू प्रमाणीकरण गर्दै एचआरडब्लुका अनुसन्धानकर्ताहरूले फेब्रुअरी २५ मा सोरो गाउँमा ३६ बालबालिका सहित १७९ जना र उत्तरी याटेंगा प्रान्तको नजिकैको नोन्डिन गाउँमा २० बालबालिका सहित ४४ जनाको हत्या गरेको पत्ता लगाएका थिए ।

 

नाइजेरियामा महाद्वीपमा आतंकवादको बढ्दो खतराको सामना गर्न समाधानहरूबारे छलफल गर्न संयुक्त राष्ट्रका अधिकारीहरू र अफ्रिकी नेताहरूले भेटेको दिन पछि यो निष्कर्ष आएको थियो । जुन सम्मेलनमा बुर्किना फासोका अधिकारीहरूले भाग लिन अस्वीकार गरेका थिए ।

 

पश्चिमि मिडियाका अनुसार विज्ञहरूले उल्लेख गरे कि यस क्षेत्रमा अमेरिकी प्रति आतंकवाद रणनीति कमजोर भइरहेका बेला यो सामुहिक हत्या भएको हो, किनकि देशले आफ्नो सुरक्षा रणनीतिको लागि रुसतर्फ बढ्दै गएको छ ।

 

बुर्किना फासोका सेना समर्थित राष्ट्रपति इब्राहिम ट्राओरेले मस्कोसँगको सहकार्यमा इस्लामिक स्टेट र अल कायदासँग सम्बन्धित विद्रोहीसँगको देशको झण्डै दशक लामो द्वन्द्वलाई समाधान दिने आशा राखेका छन्।

 

सो सामुहिक हत्याको एक महिना अघि रूसी सेनाको पहिलो महत्त्वपूर्ण तैनाती त्यहाँ पुगेको थियो । यद्यपि तिनीहरू नरसंहारमा संलग्न थिए भन्ने कुनै प्रमाण भने मिलिनसकेको जनाइएको छ ।
 

 

प्रतिकृया दिनुहोस