• आइतबार-बैशाख-२३-२०८१

रक्तचापका विरामीले गर्मीमा यी चिज नखाऔं

 

गर्मीको मौसममा रक्तचापका विरामीले खानपानमा विशेष ध्यान दिन जरुरी छ । कयौं चिजका कारण शरीरमा रक्तचापको स्तर बढ्ने हुनसक्छ । लगातार रक्तचाप हुने कारणले स्ट्रोक र हृदयघातको खतरा बढ्न सक्छ । यस्तो अवस्थामा रक्तचापका विरामीले रक्सी, अधिक नुन र अचारजस्ता चिजहरुको सेवनबाट बच्नुपर्दछ । 


–चिनीले रक्तचाप बढाउने काम गर्दछ । साथै यसको सेवनले तौल पनि बढ्न जान्छ । रक्तचापका विरामीले सकभर चिनीको सेवन नै नगरौं । सेवन गरे पनि दैनिक एक चम्चाभन्दा बढी नगरौ ।


–नुनले शरीरमा रक्तचाप बढाउने र हृदयसँग सम्बन्धित समस्याहरु बढाउन सक्छ । यस्तो अवस्थामा नुनको सेवन निकै कम गर्नुपर्दछ । 


–गर्मी मौसममा प्रोसेस्ट मासुको सेवनलले रक्तचाप बढाउन सक्छ ।


–रक्तचापका विरामीले पुरानो अचारको सेवन गर्नुहुँदैन । अचारको सेवन लामो समयसम्म गर्दा शरीरमा रक्तचाप बढ्न सक्छ । 


–अधिक मात्रामा रक्सी सेवन गर्नाले रक्तचाप बढ्ने गर्दछ । यस्तो अवस्थामा रक्तचापका विरामीले रक्सी पिउनु हुँदैन । (साँघु साप्ताहिक,  २०८१ वैशाख ११)
 

प्रतिकृया दिनुहोस