काठमाडौँ, १ मङ्सिर । काभ्रेको भुम्लु गाउँपालिका रहेको एक धार्मिक स्थलमा सांस्कृतिक कार्यक्रम आयोजना गरी राजनीतिकरण गरेको खुलासा भएको छ ।
भुम्लु गाउँपालिका वडा नम्बर १, सापिङमा रहेको मुलखर्क भीमसेनस्थानमा गत कार्तिक २७ गते एकादशीको दिन लागेको मेलामा राजनीतिकरण गरेको खुलासा भएको हो । हरेक वर्ष एकादशीमा भव्य मेला लाग्ने भीमसेनस्थानमा यसपालि भने गाउँपालिका आफैँले सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन काफ्ले प्रमुख अतिथि भएर आउँने भनी गाउँपालिकाले त्यस दिन पालिकाभरीका संघसंस्थालाइ बिदा दिएर सबैलाई आउन आग्रह गरेको थियो ।
कार्यक्रममा मन्त्री काफ्लेलाई प्रमुख अतिथि बनाइएको ब्यानर टाँसेर उद्घोषकले हाम्रो प्रमुख अतिथि आउँदै हुनुहुन्छ भनिरहे पनि कार्यक्रममा मन्त्री नदेखिएपछि धार्मिक स्थलमा झुट्टा आश्वासन देखाएर राजनीतिकरण गरेको स्थानीयले आरोप लगाएका छन् ।
कार्यक्रममा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल पनि उपस्थिति रहेको बताइन्छ । स्रोतका अनुसार वडा नम्बर १ का वडा अध्यक्ष लेखनाथ श्रेष्ठले बोलाएर लम्साल त्यहाँ पुगेका थिए ।
मन्त्री लम्साललगायतका अन्य नेताहरु त्यहाँ पुगे पनि पालिकाका जनप्रतिनिधिले बेवास्था गरी उपस्थित नहुने मन्त्रीको फोटो टाँसेर प्रमुख अथिती आउँछ्न भनेर झुक्याउनुलाई स्थानीयले झुट्टो प्रचार गरी पार्टीको सोझो गरेको आरोप लगाएका छन् ।
पालिकाका जनप्रतिनिधिले स्थानीय कलाकारलाई समेत बेवास्था गरी चर्को स्वरमा भद्दा गीत संगीत बजाएको भक्तजनहरुको आरोप छ । दिनभर भोको पेट बसेर पूजा गर्न गएका भक्तजनहरुलाई सहजीकरण गर्नु त परको कुरा ठूलो स्वरमा साउन्ड सिस्टम बजाएर माहोल नै कोलाहल बनाएपछि भक्तजनहरुले दु:ख व्यक्त गरेका हुन् ।
प्रतिकृया दिनुहोस