• सोमबार-बैशाख-१५-२०८२

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

 

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो ।

 

आइतबार १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोवार भैइरहेको छ । 

 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार  २० रुपैयाँले घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
 

 

 

प्रतिकृया दिनुहोस