• शनिबार-बैशाख-२०-२०८२

स्थानीय तहको भवन जथाभावी बनाउन नपाइने, अब मापदण्ड लागु हुने

 

काठमाडौं । सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ ।

 

साना स्थानिय तहले पनि दरवारजत्रा भवन बनाउन थाले पछि सरकारले स्थानिय तहका प्रशासनिक भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने भएको हो । 

 

आगामी वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममार्फत स्थानीय तहको भवन निर्माण मापदण्ड लागु गरी मापदण्डअनुरूप बनाउने घोषणा गरिएको हो । 

 

सो घोषणासँगै अब स्थानिय तहले बनाउने भवन केन्द्रिय सरकारको नीति अनुसार बन्नेछ ।

प्रतिकृया दिनुहोस