तर यदि यो मुस्कानसँगै पहेँलो दाँत पनि देखिन थाल्यो भने यो अप्ठ्यारोको कारण बन्छ । पहेँलो दाँतले अनुहारको सौन्दर्य मात्र घटाउँदैन्, आत्मविश्वासमा पनि असर गर्छ । यस्तो अवस्थामा उनीहरुबाट छुटकारा पाउन मानिसहरु बजारमा उपलब्ध महँगो टूथपेस्ट र उपचारको सहारा लिन बाध्य हुन्छन् । यद्यपि, यदी तपाइँ चाहनुहुन्छ भने तपाइँ धेरै पैसा खर्च नगरी केही सजिलो उपाय अपनाएर तपाइँको दाँतमा पहेंलो तहबाट छुटकारा पाउन सक्नुहुन्छ ।
आज यहाँ हामी तपाईंलाई यस्तै एउटा अचम्मको विधिको बारेमा बताइरहेका छौं ।
यो विशेष विधि के हो ?
प्रसिद्ध अमेरिकी डाक्टर एरिक बर्गले पहेँलो दाँतबाट छुटकारा पाउने यो विधि बताएका हुन । आफ्नो युट्युब च्यानलमा सेयर गरिएको भिडियोमा डा. बर्ग भन्छन्, ‘दाँतमा भएको पहेंलोपन हटाउन दुईवटा चीजको पेस्ट बनाएर लगाउन सक्नुहुन्छ । यी दुई चीजहरू बेकिंग सोडा र हाइड्रोजन पेरोक्साइड हुन् ।’ यसका लागि सामान्य बेकिंग सोडा र २ प्रतिशत ग्रेड हाइड्रोजन पेरोक्साइड लिनुपर्छ ।
यसले कसरी फाइदा दिन्छ ?
यस प्रश्नको जवाफ दिँदै डा. बर्ग बताउँछन्, ‘बेकिंग सोडाले मुखमा रहेको एसिडलाई बेअसर गर्न मद्दत गर्छ, जबकि हाइड्रोजन पेरोक्साइडले दाँत सेतो बनाउन सक्रिय तत्वको रूपमा काम गर्छ । बेकिंग सोडाले पनि हल्का घर्षण गर्ने काम गर्छ, जसले दाँतको सतहबाट दाग हटाउँछ, जसले दाँतलाई सेतो पनि बनाउँछ ।
साथै, डाक्टर बाहेक अन्य केही रिपोर्टमा पनि यो विधि दाँत सेतो बनाउन फाइदाजनक रहेको बताइएको छ । जस्तो कि हेल्थलाइनको रिपोर्ट अनुसार हाइड्रोजन पेरोक्साइड दाँत सेतो पार्ने प्रभावकारी उपाय हुनसक्छ। तर यसलाई सही तरिका र सही मात्रामा प्रयोग गर्न धेरै महत्त्वपूर्ण छ। दाँत सेतो बनाउन ३ प्रतिशत भन्दा बढी ग्रेड हाइड्रोजन पेरोक्साइड प्रयोग नगर्नु होस् । यदि हाइड्रोजन पेरोक्साइडको मात्रा उच्च छ (जस्तै १० वा ३० प्रतिशत) यसले दाँतको माथिल्लो तह (इनामेल) लाई क्षति पुर्याउन सक्छ । थोरै मात्रामा र छोटो समयको लागि प्रयोग गर्दा यो सुरक्षित हुन्छ।
कसरी प्रयोग गर्ने ?
एउटा सानो कटोरामा बेकिंग सोडा लिनुहोस् । बिस्तारै हाइड्रोजन पेरोक्साइड थप्नुहोस् र पानीको साथ बाक्लो पेस्ट बनाउनु होस् । यो पेस्टलाई टूथब्रशको सहायताले दाँतमा २ मिनेटसम्म हल्का गोलाकार चालमा लगाउनु होस् । यस पछि राम्ररी कुल्ला गर्नुहोस्, ताकि पेस्ट पूर्ण रूपमा हटोस ।
डा. बर्गले हप्तामा २ वा ३ पटक मात्र यो विधि अपनाउन सुझाव दिन्छन् । धेरै पटक यसो गर्दा दाँत कमजोर हुन सक्छ ।
प्रतिकृया दिनुहोस