• आइतबार-बैशाख-२१-२०८२

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौं । नेपाली सेनाको आयोजनामा तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा तेस्रो संस्करणको 'प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८२' शुक्रबार (वैशाख २१) देखि सुरु भएको छ ।

 

कर्पोरेट, महिला, पुरुष, जुनियर, भेट्रान्स र डबल्स गरी विभिन्न विधामा प्रतिस्पर्धा गरिने प्रतियोगिता सात दिनसम्म चल्नेछ । प्रतियोगिता काठमाडौंको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा भइरहेको हो ।

 

नेपाली सेनाले खेलकुदको विकास र प्रतिभा पहिचानका लागि प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा विभिन्न विभागीय टिम, संघ-संस्था र जिल्लाका खेलाडीको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस