• सोमबार-बैशाख-२२-२०८२

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनामाथि लगाए 'डाँका मुद्दा’

 

सर्लाही, २१ बैशाख । विद्यालय क्षेत्रमा अबैध क्रसर चलाएको बिषयमा आवाज उठाए पछि नेपाली कांग्रेसका सभापति सुरेन्द्रप्रसाद सिंहले झुटा मुद्दा लगाएर ६ जनालाइ फसाउन खोजेको बताइएको छ ।

 

सर्लाहीको बसबरिया गाउँपालिका-५ कोठियार नजिकको प्राथमिक विद्यालयमा अबैध रूपमा सञ्चालन भएको क्रसर हटाउनु पर्ने माग गर्ने ६ जना माथि झुटा मुद्दा लगाएर फसाउन खाेजेकाे पीडितहरूले जनाएका छन् ।

 

विद्यालय र मन्दिर नजिक रहेकाे सभापति सिंहको क्रसरमा हुल इज्जत गरेको भन्दै उनका भाइ बीरेन्द्रप्रसाद सिहले उक्त मुद्दा हालेको पीडित दिपेश यादवले जानकारी दिए । ‘स्कुल र मन्दिर नजिकै सुरेन्द्रप्रसाद सिंह र उनकाे परिवारको क्रसर छ, जसको धुलो उडेर स्कुलमा पढने बातावरण छैन्, बालबालिकाहरू बिरामी भएका छन भने कतिपयले अन्यत्र गाउँमा लगेर पढाउनु परेको छ,’ यादवले गत बैशाख १० गते सभापति सिंह आफै रड बोकेर स्थानीय गाउँले माथि जाइ लागेपछि बिरोध गरिएको थियो । झडपको स्थिति भए पछि सभापति सो ठाउँवाट भागेर हिडेका थिए । ‘तर, पछि पावर देखाउँदै हामी माथि झुटा मुद्दा लगाउनु भयो’ उनले भने ।

 

उनका अनुसार स्थानीय बरहथवा प्रहरीमा सभापति सिंहले ‘डाँका मुद्दा’ हालेका छन । जसअनुसार सो मुद्दा खेप्नेमा स्थानीय दिपेश यादव, मदन साह, राम आधार यादब, राम प्रबेश यादव, बिजय गुप्ता र ज्ञानी यादव रहेका छन् ।  

 

उनका अनुसार पूर्व मन्त्री बीरेन्द्र सिंह र सभापति सिंहको क्रसर प्राथमिक विद्यालय भन्दा ३०–३५ मिटरको दुरीमा छ र नजिकै माईको पनि मन्दिर रहेको छ । जुन ठाउँवाट क्रसर सार्न स्थानीय माग गरे पनि सिंहले 'पावर देखाउँदै' अन्यत्र नसारी जबर्जस्ती चलाइरहेकाे स्थानीयकाे आराेप रहेकाे छ ।   

 

साे घटना पछि उनकाे बिराेध गर्ने स्थानीय ६ जनालाई इलाका प्रहरी कार्यालय, बरहथवामा बैशाख १२ गते उनले मुद्दा हालेको र पक्राउ पुर्जी जारी गरिसकेको भए पनि उनीहरू भागेर हिडिरहेको बुझिएको छ ।

 

त्यसाे त, बरहथवाका तत्कालीन डिएसपी गौतम थापाले माथिबाट आफूमाथि दबाब आए पछि मुद्दा दर्ता र पक्राउ पुर्जी जारी गरिएको जानकारी छाडेर सरूवा भइसकेको पीडितहरूको भनाइ छ । गृह मन्त्रीको दबाबपछि आफूले सो मुद्दा दर्ता गर्नु परेको पीडितहरूलाई डिएसपी गाैतमले सूचना छाडेर हिडेका छन । उनकाे यही बेला सरूवा भएकाे छ । 

 

उता, प्रहरी निरिक्षक राजन पट्टेलले सभापति सिंहका परिवारले मुद्दा दर्ता गरेको स्वीकार गरेका छन् । ‘क्रसरको बिषयमा झडप भएको रहेछ, मुद्दा परेको छ, हामी अनुसन्धान गर्दैछौं,’ उनले भने ।

 

यसबारेमा जानकारी लिन खोज्दा सभापति सिंहसँग भने सम्पर्क हुन सकेन् ।

 

 

प्रतिकृया दिनुहोस