• आइतबार-बैशाख-२१-२०८२

टीआरसीबारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

 

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटबार्ता भएको छ ।

 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा उक्त भेटबार्ता भएको हो । उक्त भेटमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा छलफल भएको बताइएको छ ।

 

सो भेटमा प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसबन्धी सल्लाहकार अग्नीप्रसाद खरेल र माओवादी सचिव बर्षमान पुन पनि सहभागी रहेका थिए ।
 

 

प्रतिकृया दिनुहोस