काठमाडौँ, वैशाख २६ । भारत र पाकिस्तानबीचको सम्बन्ध पुनः युद्धको संघारमा पुगेको संकेतहरू एकपछि अर्को गर्दै देखिन थालेका छन्। मे ८ को रातिबाट सुरु भएको सैन्य गतिविधि अहिले ‘सीमित तर विध्वंसात्मक युद्ध’को स्वरूपमा देखिँदैछ। (यहाँ घटनाक्रम र नेपाली सेनाका उपरथी(मेजर जनरल अ.प्रा) राजेन्द्र थापाले सामाजिक सञ्जालमा लेखेकाे विश्लेषणात्मक टिप्पणीकाे समेतकाे आधारमा तयार पारिएकाे सामग्री प्रस्तुत गरिएकाे छ-सम्पादक)
भारतको ‘All-Out’ आक्रमण : जमिनबाट होइन, आकाशबाट दबाब
(तस्बिर : Supporters of the Muttahida Qaumi Movement Pakistan (MQM P) party holding placards take part in a demonstration as they shout anti-India slogans during a protest in Karachi on May 8, 2025. India and Pakistan accused each other on May 8 of carrying out waves of drone attacks, as deadly confrontations between the nuclear-armed foes drew global calls for calm. Pakistan's army said it shot down 25 Indian drones, while New Delhi accused Islamabad of launching overnight raids with "drones and missiles", and claimed it destroyed an air defence system in Lahore.) (Photo by Asif HASSAN / AFP)
भारतले हवाई तथा मिसाइल प्रणालीमार्फत पाकिस्तानभित्र 15 भन्दा बढी स्थानमा लक्षित आक्रमण गरिसकेको दावी भारतीय मिडियाहरूले गरिरहेका छन्।
S-400 एयर डिफेन्स सिस्टम प्रयोगमा ल्याएर पाकिस्तानका करिब १०० कामिकाजी ड्रोन, एफ-१६, र JF-17 फाइटर जेट खसालिएको बताइएको छ।
भारतको INS Vikrant एयरक्राफ्ट करियरबाट मिसाइल आक्रमण गरी कराँची पोर्टमा ठूलो क्षति पुर्याइएको रिपोर्ट आएको छ।
पाकिस्तानको प्रतिक्रिया : अव्यवस्थित समन्वय र सम्भावित आन्तरिक संकट
(तस्बिर : TOPSHOT - A woman stands outside a house destroyed by Pakistani artillery shelling at the Salamabad village in Uri, about 110kms from Srinagar, on May 8, 2025. India's government said on May 8 that Pakistan launched an overnight air attack using "drones and missiles", before New Delhi retaliated to destroy an air defence system in Lahore. "Pakistan attempted to engage a number of military targets ... using drones and missiles," India's defence ministry said in a statement, adding that "these were neutralised" by air defence systems.) (Photo by Sajjad HUSSAIN / AFP)
पाकिस्तानले प्रारम्भिक जवाफस्वरूप जम्मु, श्रीनगर, जैसलमेर लगायत सीमावर्ती क्षेत्रमा आक्रमण गरेको थियो। तर, पाकिस्तानभित्रै सेनाबीच समन्वयको कमी,
गृहयुद्धको संकेत (विशेषतः बलुच लिबरेशन आर्मीद्वारा १४ चौकीमा आक्रमण),
ISI मुख्यालयमा रकेट आक्रमण,
इमरान खानको जेल तोड्ने प्रयास,
र सेनाप्रमुख हटाइएको हल्ला—यसबाट पाकिस्तान भित्रै अस्थिरता चुलिंदै गएको देखिन्छ।
🌐 कूटनीतिक समीकरण : भारतको तेज गतिको डिप्लोमेसी
भारतले अमेरिका, युरोपेली संघलगायतलाई स्पष्ट रूपमा जानकारी दिँदै “Continuation of Ops Sindhur” को सन्देश दिएको छ।
अमेरिकी अधिकारीले युद्ध रोक्न चेतावनी दिए पनि भारत आक्रमणलाई ‘सीमित बदला’ भनेर अगाडि बढाइरहेको छ।
भारतीय विदेश मन्त्री एस. जयशंकर सक्रिय रूपमा अन्तर्राष्ट्रिय सञ्चारमा छन्।
💣 रणनीतिक सन्देश : एटमको अप्रत्यक्ष संकेत ?
पाकिस्तानी सेनाका प्रवक्ताले "Strategic Response" को भाषा प्रयोग गर्दै अप्रत्यक्ष रूपमा एटम बमको संकेत दिएका छन्। यो बयान युद्धको अवस्थालाई अन्तर्राष्ट्रिय हस्तक्षेपतर्फ धकेल्न गरिएको प्रयासको रूपमा हेरिएको छ।
🔍 विश्लेषण : यो युद्ध हो कि ‘ब्यालेन्स अफ टेरर’?
भारतले जमिन कब्जा नगरी उच्च प्रविधिको आक्रमण गरिरहेको छ।
पाकिस्तान कूटनीतिक रूपमा अलग हुँदै गएको छ-चीन, टर्की र मलेसिया बाहेक साथ दिने देशहरू छैनन्।
बलुच, पख्तून र अन्य विद्रोही समूहहरूले स्वतन्त्रताको घोषणा गर्ने सम्भावना बढ्दै गएको छ।
📌 निष्कर्ष
यो युद्ध होइन, तर युद्धको सीमा मिच्ने खेल हो। भारत ‘Limited War Doctrine’ अनुसार अगाडि बढिरहेको छ भने पाकिस्तान रणनीतिक दबाबमा छ। यदि स्थिति यही गतिमा अघि बढ्यो भने पाकिस्तानमा प्रत्यक्ष युद्ध भन्दा पहिले आन्तरिक विघटन सम्भावनाको रूपमा देखा परेको अवस्था छ ।
(पहिलाे तस्बिर : Scattered rubble along with utensils is pictured inside a house destroyed by Pakistani artillery shelling at the Salamabad village in Uri, about 110kms from Srinagar, on May 8, 2025. India's government said on May 8 that Pakistan launched an overnight air attack using "drones and missiles", before New Delhi retaliated to destroy an air defence system in Lahore. "Pakistan attempted to engage a number of military targets ... using drones and missiles," India's defence ministry said in a statement, adding that "these were neutralised" by air defence systems.) (Photo by Sajjad HUSSAIN / AFP)
प्रतिकृया दिनुहोस