• शुक्रबार-बैशाख-२६-२०८२

गभर्नरकाे नियुक्तिमा कांग्रेस-एमालेकाे लाजमर्दो असमर्थता : अब कुन ग्रहबाट ल्याउने गभर्नर ?

📢 गणतन्त्रको दुर्भाग्य : शक्ति त छ, तर संकल्प शून्य


७६ वर्षे इतिहास बोकेको नेपाली कांग्रेस, जसलाई लोकतन्त्रको सशक्त र समाजवादी दल भनेर चिनिन्छ। अर्को तर्फ कम्युनिस्ट पार्टी एमाले, जसलाई जनतालाई अनुशासन र नेतृत्वको पाठ पढाउने दल भनेर चिनिन्छ। तर जब देशको वित्तीय मेरुदण्ड सम्हाल्ने नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको कुरा आउँछ, तब यी दुई ठूला दल बालबालिकाले खेल्ने गुलेलीको लड्डु झैं एकअर्कामा टक्क अड्कन्छन्।

 

"गभर्नर बन्ने हो भने अब बैशाखे पुराण होइन, अन्तरिक्ष विज्ञान पढ्नुपर्ने दिन आएको छ !" यस्तो शासन प्रणालीलाई गणतन्त्र होइन, गज्जब तन्त्र भनियो भने गलत नहोला।  गणतन्त्रका ठेकेदारहरूलाई खुलेआम प्रश्न-भर्नर नियुक्ति नहुनु कुन प्रकारको लोकतन्त्र हो ? राज्यको यति संवेदनशील जिम्मेवारीमा योग्य व्यक्ति खोज्ने हैसियत नभएको नेतृत्व कुन मुहार लिएर फेरि चुनावमा जनताको घरघर ढोका ढक्ढक्याउने ?

३२ दिन बितिसक्यो - बजेट आउन अब  तीन साता पनि बाँकी छैन । तर नेपाली कांग्रेसले एकजना योग्य, विश्वसनीय अर्थविद् पनि अघि सार्न नसक्नु कति लाजमर्दो हो ! के ७६ वर्षे राजनीतिक यात्रा भनेको एकजना ‘गभर्नर बन्न लायक’ पनि उत्पादन गर्न नसक्ने यात्रा हो ? अनि एमाले, जसले देशको नेतृत्वको ढोल बजाउँछ, ऊ चाहिँ सिधै ट्याग टाँसेर योग्य उम्मेदवारलाई पनि बदनाम गर्ने खेलमा व्यस्त ।

 

📉 गभर्नरको कुर्सी : अराजकहरूकाे अखडामा परिणत 


गुणाकर भट्ट कांग्रेसको रोजाइमा परेका छन् । तर, निलम ढुंगाना, जो स्वयं का.मु. गभर्नरको जिम्मेवारीमा छिन्, भट्टको नियुक्तिमा फलामको बारजस्तै अडिएकाे सुनिन्छ। यस्तो लाग्छ, राष्ट्र बैंकको कुर्सी "निलम रिजर्भ बैंक" बन्ने हो कि जस्तो !

 

ज्ञानेन्द्र ढुंगाना, अनुभवी बैंकर मानिए पनि, उनको नाम नेपाली कांग्रेसका सांसद विनाेद कुमार चाैधरीसँग जाेडिएकाले प्रधानमन्त्री  ओलीले ' रिजेक्ट'काे भिटाे लगाइसकेका छन्। ओलीको गणितमा "नबल्ने डलरभन्दा आफ्नै झोला बलियो-("विदेशी सहायता कहिल्यै स्थायी हुँदैन, शर्तहरू जोडिएको हुन्छ, कतिखेर बन्द हुन्छ थाहा हुँदैन। "आफ्नै झोला बलियो")

डा. प्रकाश श्रेष्ठ, पेशागत रूपमा सबैभन्दा योग्य देखिन्छन्, तर दुर्भाग्यले उनलाई एमालेको ट्याग झुन्डिएको छ। फलतः कांग्रेसका लागि उनी "अपवित्र गठजोड" को पात्र बन्न पुगे।

 

🪐 अब कुन ग्रहबाट ल्याउने गभर्नर ? 


अब कांग्रेस र एमालेका नायकहरूले भन्नुपर्छ -"यो देशमा गभर्नर बन्ने मानिस छैन भने, अब शुक्रग्रह वा मङ्गलग्रहतिर आँखा लगाउने हाे कि ?" यदि सहमतिकाे पात्र नेपालको धर्तीमा भेटिँदैन भने, अब  SETI (Search for Extraterrestrial Intelligence अर्थात: "पृथ्वीबाहिरको बौद्धिक जीवनको खोज") ।

 

हाम्रो नेताहरूले योग्य मान्छे फेला पार्न सक्दैनन् भने अब SETI लाई आग्रह गरेर एलियन (एलियन्स) बाट गभर्नर खोज्नु पर्ने दिन आयो  कि ? बाैद्धिक जमातले  यस्ताे ठान्न थाले कि अब  एलियनले नै खोजेको गभर्नर बनाउने बेला आएको हो त ? कम्तीमा तिनले त स्वार्थ होइन, तार्किक निर्णय त गर्न सक्लान् ।

 

आर्थिक वर्ष २०८२/०८३  बजेटकाे तयारीकाे यस्ताे महत्वपूर्ण घडीमा ३२ दिन बित्दा पनि नेपाल राष्ट्र बैंक जस्ताे केन्द्रीय बैंकका लागि एकजना गर्भनर नियुक्त गर्न सक्दैनन्  सत्ताभागिदारहरू । 

 

📢 गणतन्त्रको दुर्भाग्य : शक्ति त छ, तर संकल्प शून्य


गणतन्त्र आयो, संघीयता आयो, सत्ता त आयो । तर सत्ता चलाउने हैसियत, निर्णय गर्ने सामर्थ्य भने सत्तासीनहरूमा हराउँदै गएको छ। अबको प्रश्न यो हो-
यो ‘शक्तिशाली’ भनिएको संयुक्त सरकारले गभर्नर नियुक्ति जस्तो सामान्य निर्णय पनि ३२ दिनसम्म गर्न नसक्ने हो भने, यिनले देशको भविष्य कसरी काेर्ने ?

🤐 जनतालाई हेलाँ, आफ्नोलाई मेला ?


राष्ट्र बैंकको गभर्नरको कुर्सी राजनीतिक भागबण्डा र व्यक्तिगत ईगोको अखडा बनेपछि देशको वित्तीय अनुशासन भने चिहानमा गइसकेको छ भन्दा हुन्छ ।
कांग्रेस र एमाले दुवैका नेताहरू–तपाईंहरू एक मिनेट नहँसिनुहोस् ! "तपाईंहरूको दुर्व्यवस्था, असक्षमता र लाजलाग्दो निष्क्रियता यस्तो छ कि अहिले हाँस्ने होइन, लाज मान्ने बेला हो।"

 

७६ वर्षको कांग्रेसले एकजना अर्थविद्  समेत नजन्माएको यथार्थ लुकाएर अब कति भाषण दिने ? प्रधानमन्त्री ओलीको ‘सशक्त निर्णयकर्ता’ भन्ने छवि अब 'सशक्त रोकेर बस्ने' जस्तो भएको छैन र ?

 

🔥 अन्तिम प्रश्न : देश डुबेको हेरेर कति दिन तालि पिट्ने ?


गणतन्त्रका ठेकेदारहरूलाई खुलेआम प्रश्न-भर्नर नियुक्ति नहुनु कुन प्रकारको लोकतन्त्र हो ? राज्यको यति संवेदनशील जिम्मेवारीमा योग्य व्यक्ति खोज्ने हैसियत नभएको नेतृत्व कुन मुहार लिएर फेरि चुनावमा जनताको घरघर ढोका ढक्ढक्याउने ?

📌 निष्कर्ष
"गभर्नर बन्ने हो भने अब बैशाखे पुराण होइन, अन्तरिक्ष विज्ञान पढ्नुपर्ने दिन आएको छ !" यस्तो शासन प्रणालीलाई गणतन्त्र होइन, गज्जब तन्त्र भनियो भने गलत नहोला।

प्रतिकृया दिनुहोस