चर्चित युवा गायिका रचना रिमाल एक भावुक क्षणमा परिन्, जब एक फ्यानले आफ्नो शरीरमा रचनाको नाम र आँखाको ट्याटु कुँदेको देखाए। उक्त माया र सम्मानले रचनाको मन छोएको मात्र होइन, आँखासम्म रसाएछ।
"मेरो नाम र आँखाहरूको ट्याटु आफ्नै शरीरमा कुँदेर देखाएको माया र सम्मान देख्दा मन निकै भावुक भयो," रचनाले सामाजिक सञ्जालमा लेखिन्, "यति गहिरो सम्बन्धको अनुभूति शब्दले बयान गर्न सक्दिन। धन्यवाद हजुरलाई, यो मेरो लागि अमूल्य हो।❤️🥺💕"
रचना रिमालको मधुर स्वर र सरल व्यक्तित्वले उनी लाखौं युवाका मनमा बसिसकेकी छिन्। तर, कसैले आफ्नो शरीरमै यति भावुक ढंगले उनीप्रतिको माया कुँदेको देख्दा रचना आफैं स्तब्ध भइन्।
फ्यानको माया: गीतभन्दा गहिरो सम्बन्ध
संगीतबाट जन्मिएको यो आत्मीय सम्बन्ध अब गीतको सीमाभन्दा पर पुगिसकेको छ। रचनाले उक्त फ्यानको नाम उल्लेख नगरे पनि, उनका शब्दहरूले त्यो भावुक क्षणको गहिराइ उजागर गरेको छ।
प्रतिकृया दिनुहोस