काठमाडौं । राजश्व अनुसन्धान कार्यालय बुटवलले राजश्व छली र चुहावट गरेको आरोपमा शुभलक्ष्मी अटो लिंक प्रा.लि.का सञ्चालक जगन्नाथ खनाल र दधिराम खरेलविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको छ । खनाल र खरेलले सञ्चालन गर्दै आएको शुभलक्ष्मी अटो लिंक प्रा.लिको वकर्शप र गोदाममा राजश्व अनुसन्धान कार्यालय बुटवलले खानतलासी गरेको थियो ।
अनुसन्धानका क्रममा खरिद गरेको सामानहरुको मौज्दात किताबमा प्रविष्ट नगरेको, बिजक जारी नगरी सामानहरु बिक्री गरेको र विवरणभन्दा बढी मालवस्तुहरु फेला परेको थियो । राजश्व चुहावट गर्ने उद्देश्य देखिएपछि राजश्व अनुसन्धान र नियन्त्रणको ऐन, २०५२ बमोजिम राजश्व अनुसन्धान कार्यालय बुटवलले मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध भन्सार महसुल, मुअकर र आयकरसहितको बिगो ७२ लाख ११ हजार ३०० कायम गरी बिगोको शतप्रतिशत जरिवाना गरी १ करोड ४४ लाख २२ हजार ६०० असुल उपर गर्न माग गर्दै कार्यालयले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दर्ता गरेको हो ।
प्रतिकृया दिनुहोस