रौतहट ३ जेठ । रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले छात्राहरुलाई साईकल बितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
छात्रालाई उच्च शिक्षा तर्फ आकर्षित गर्ने तथा टाढा टाढाबाट अध्ययन गर्न विद्यालय क्याम्पस सम्म पुग्न सहज हुने उद्देश्यले साईकल बितरण कार्यक्रम लाई निरन्तरता दिएको मेयर जैसवालले बताए ।
सोही कार्यक्रमलाई निरन्तरता दिँदै गरुडा नगरपालिका ९ नयाँ गम्हरिया श्रीपुरस्थित श्रीमाध्यमिक विद्यालयमा २२ जना दलित, गरिब तथा जेहेन्दार छात्राहरूलाई साइकल वितरण गरिएको गरुडाका प्रमुख प्रशासकीय अधिकृत महमद मुस्ताख आलमले बताए ।
त्यसैगरी गरुडा नगरपालिका ७ स्थित श्रीमावि पिपरिया दोस्तियामा एक कार्यक्रमको आयोजना गरी २२ जना दलित तथा गरिब छात्राहरुलाई साइकल वितरण गरिएको प्रशासकीय अधिकृत आलमले जानकारी दिएका छन् ।
उक्त अवसरमा कार्यक्रम लाई सम्बोधन गर्दै मेयर जैसवालले छात्राहरुलाई साइकल बितरन गर्न पाउँदा निकै खुसी लागेको बताएका थिए । उनले शिक्षामा समान अवसर सुनिश्चित गर्न र बालिकाहरुको पहुँचलाई सहज बनाउन यस कार्यक्रमले सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास लिएको बताएका थिए ।
मेयर जैसवालले गरुडा नगरपालिकाले आगामी दिनमा समेत शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा यस्तै जनउत्तरदायी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा सशक्तिकरण र समावेशीताको अभियानमा निरन्तर अग्रसर रहने प्रतिबद्धता जनाएका थिए ।
गरुडा नगरपालिकाले यस अघि बिभिन्न विद्यालयहरूमा अध्ययनरत सैयौं छात्रा लाई निःशुल्क साइकल बितरण गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस