बिरगञ्ज । बिहारको रक्सौलमा अवैध रूपमा भारत बसेको आरोपमा एक दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् ।
रक्सौलका सुरक्षा अधिकारीहरूले सोमबार यो जानकारी दिएका हुन । दक्षिण कोरियाको क्योङ की डो प्रान्तका निवासी किम याङ डेलाई आइतबार पक्राउ गरिएको अधिकारीहरूले बताएका हुन्। रक्सौल सिमावाट नेपाल प्रवेश गर्न लागिरहेको बेला उनी पक्राउ परेको अधिकारीहरूले बताएका छन् ।
पूर्व चम्पारण जिल्लाका प्रहरी उपरीक्षक (एसपी) स्वर्ण प्रभातले भने, ‘उनी वैध यात्रा कागजातबिना नेपाल प्रवेश गर्न खोजिरहेका थिए । उनी २०१७ मा भारत आएका थिए र उनको भिसाको म्याद २०२१ जनवरीमा नै सकिएको थियो। त्यसपछि उनी अवैध रूपमा भारतमा बस्दै आएको खुलेको छ।’
‘सोधपुछको क्रममा उनले आफूले चेन्नईमा काम गरिरहेको बताएका छन र उनले नक्कली आधार कार्ड पनि बनाएको खुलेको छ,’ एसपी प्रभातले भने। उनले मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताए । अधिकारीका अनुसार अन्य निकायलाई पनि उनको गिरफ्तारीको बारेमा जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस