काठमाडौं । २१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यही जेठ ९ देखि ११ गते (२०२५मे २३–२६) सम्म हुने च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार शुभकामनासहित विदाइ गरेका छन् ।
खेलाडीहरुमा सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, र एरिका गुरुङ सहभागी छन् ।
यस्तै हेड कोच कुशल श्रेष्ठ, टिम कोच मन्डेकाजी श्रेष्ठ, टिम म्यानेजर किशोर प्रसाद भट्टराई रहेका छन् ।
प्रतिकृया दिनुहोस