• बिहीबार-जेठ-८-२०८२

बिजेपी विधायक माथि आरोप, ‘सामूहिक ब लात्कार गरेपछि मु खमा पिसाब फेरिदिए’

 

बेंगलुरु, ८ जेठ । एक ४० वर्षीया बेंगलुरु सामाजिक कार्यकर्ताले भारतीय जनता पार्टीका एक विधायकका बिरूद्दमा प्रहरीमाउजुरी दायर गरेकी छिन् । वर्तमान बीजेपी विधायक र तिनका तीन सहयोगीहरूले जून २०२३ मा उनलाई सामूहिक बलात्कार गरेको आरोप उनको छ ।

 

उजुरी यस हप्ता दायर गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन । आरआर नगर विधायक मुनियर्तना नायडू र उनका तीन सहयोगीहरूलाई आरोपीको रूपमा नाममा मुछिएको छ । उक्त समूहले आफ्नो काँधमा अज्ञात पदार्थ सुई लगाएर सामूहिक बलात्कार गरेको तथा शारीरिक कुटपिट गरेको महिलाले आरोप लगाएकी छन् ।

 

साथै, उनले यो घटनापछि आफूले स्वास्थ्य समस्याको सामना गरिरहेको पनि दाबी गरेकी छिन् ।

 

उजुरी अनुसार आक्रमणको क्रममा अभियुक्तले उनको अनुहारमा पिसाबसमेत गरेका थिए र कतै भनेमा ज्यान मार्ने धम्कीसमेत दिएका थिए । यदि उनले विरोध गरे वा आवाज उठाए भने उनीहरूले उनको छोरालाई पनि मार्नेछन् र उनको परिवारलाई हानि पुर्‍याउँछन् । 

 

प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको बताएको छ ।अहिलेसम्म कुनै अभियुक्त पक्राउ परेका छैनन् ।

 

 

प्रतिकृया दिनुहोस