• बिहीबार-जेठ-८-२०८२

आईपीएल २०२५ : पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन् ५ क्रिकेटर

 

काठमाडौं, ८ जेठ । राजस्थान रोयल्सका ब्याट्सम्यान यशस्वी जैसवालले आईपीएल २०२५ को पावरप्लेमा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन् । यो सूचीमा १४ वर्षीय वैभव सूर्यवंशीको नाम पनि परेको छ ।

 

यशस्वी जैसवालले आईपीएल २०२५ को पावरप्लेमा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन् । जैसवाल बाहेक मिचेल मार्स, अजिंक्य रहाणे, प्रभसिमरन सिंह र वैभव सूर्यवंशीको नाम पनि परेको छ ।

 

जैसवालले पावरप्लेमा २०८ बल खेलेका छन् । यस अवधिमा उनले २२ छक्का प्रहार गरेका छन् । जैसवालले यो सिजन कुल २८ छक्का प्रहार गरेका छन् । जैसवालले १४ खेलमा ४३ को औसत र १६० को स्ट्राइक रेटमा ५५९ रन बनाएका छन् ।

 

लखनऊ सुपर जायन्ट्सका ओपनिङ ब्याट्सम्यान मिचेल मार्स यो सूचीमा दोस्रो स्थानमा छन् । मार्सले पावर प्लेमा १६० बलको सामना गरेका छन् । यस अवधिमा उनले १८ छक्का प्रहार गरेका छन् । मार्सले यो सिजन ११ खेलमा कुल २४ छक्का प्रहार गरेका छन् ।

 

पावर प्लेमा सर्वाधिक छक्का प्रहार गर्नेमा कोलकाता नाइट राइडर्सका कप्तान अजिंक्य रहाणे तेस्रो स्थानमा छन् । रहाणेले ११९ बलको सामना गर्दै १५ छक्का प्रहार गरेका छन् ।


यो सूचीमा पञ्जाब किंग्सका ओपनिङ ब्याट्सम्यान प्रभसिमरन सिंह पनि परेका छन् । प्रभासिमरनले पावरप्लेमा १६८ बलको सामना गरेका छन् । यस अवधिमा उनले १४ छक्का प्रहार गरेका छन् ।

 

उता, १४ वर्षीय राजस्थान रोयल्सका ओपनर ब्याट्सम्यान वैभव सूर्यवंशीले यस वर्षको आईपीएलमा दबदबा कायम गरेका छन् । उनले यो सिजन पावरप्लेमा ७० बल खेले । यस अवधिमा उनले १४ छक्का प्रहार गरेर सबैभन्दा कान्छो खेलाडीकोसमेत नयाँ रेकर्ड बनाएका छन् । 

प्रतिकृया दिनुहोस