• बिहीबार-जेठ-८-२०८२

जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो न ग्न तस्विर देखाइन्...

 

काठमाडौं, ८ जेठ । अमेरिकी संसदकी सदस्य न्यान्सी मेसले सदनमा केही गरेकी छन्, जसको चर्चा यतिखेर विश्वभर भइरहेको छ । 

 

वास्तवमा उनले संसदमा आफ्नो नग्न तस्विर देखाएकी थिइन् । उनले आफ्नो नग्न तस्विर देखाउँदै दावी गरिन कि उनको पूर्व मंगेतरले उनको सहमति बिना उनको फोटो गोप्य रूपमा क्लिक गरेका छन् ।

 

न्युयोर्क पोष्टका अनुसार यो तस्विर उनले हाउस ओभरसाइट कमिटी सत्रको समयमा देखाएकी थिइन्, जब मेसले भिडियो भ्वायरिज्मविरुद्ध कडा कानूनको वकालत गरिरहेको थिए ।


साउथ क्यारोलिना कंग्रेस वुमनले भनिन्, ‘स्वतन्त्रता कुनै सिद्धान्त होइन । स्वतन्त्रता भनेको तपाईं सुत्दा तपाईंको अनुमति बिना कसैले तपाईंको तस्बिर खिच्नु हुँदैन । म एक सांसदको रूपमा मात्र होइन, पीडितको रूपमा बोल्दैछु ।’


उनले पोस्टर आकारको कालो र सेतो फोटोहरू देखाएकी थिइन् । उनले भनिन, ‘मेरो भिडियो बनाइँदैछ भन्ने मलाई थाहा थिएन । मैले सहमति दिएको पनि थिइन ।’ सांसदले आफ्नी पूर्व मंगेतर प्याट्रिक ब्रायन्टले गोप्य रूपमा आफ्नो फिल्म खिचेको आरोप लगाएकी हुन् । तर बलात्कार र दुर्ब्याहारसहित गम्भीर यौन अपराध गरेको उनको थप आरोप पनि छ ।

 

तर, उनको पूर्व मंगेतरले मेसको सो आरोप निराधार भएको बताएका छन् । ब्रायन्टले एक बयानमा भने, ‘मैले न्यान्सी मेसले गरेको झूटा र अपमानजनक दावीहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दछु, मैले कहिल्यै कसैलाई यौन दुर्व्यवहार गरेको छैन । मैले कहिल्यै कसैको अनुमति बिना फोटो खिचेको पनि छैन ।’ ब्रायन्टले उल्टै मेसले आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।


मेसले आफ्नो आरोपबारे सार्वजनिक रूपमा बोलेको यो पहिलो पटक भने होइन । गत फेब्रुअरीमा उनले ब्रायन्ट र तिनका तीन व्यापारिक साझेदारहरूलाई उनी र अन्य महिला पनि कथित रूपमा नाबालिग केटीहरू विरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।


दक्षिण क्यारोलिना राज्य कानून प्रवर्तन डिभिजनले हाल मेसको दावीहरूको अनुसन्धान गरिरहेको छ । ब्रायन्टले आफूले अधिकारीहरूसँग पूर्ण सहयोग गरिरहेको बताएका छन् ।

 

 

प्रतिकृया दिनुहोस