• बिहीबार-जेठ-८-२०८२

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता जेठ १० देखि जिरिखिम्तीमा

 

पथरी :  मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्ती खेल मैदानमा प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी जेठ १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने छ। कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समूहको आयोजनामा हुने टि-२० फर्म्याटको प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका १६ वटा क्रिकेट टोली सहभागी हुनेछन्। प्रतियोगितामा दैनिक दुई खेल सञ्चालन गरिने छ।

 

प्रतियोगिताको बिजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ भने उपबिजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, उदयमान खेलाडी तथा सर्वश्रेष्ठ खेलाडीलाई पनि नगदसहित ट्रफीबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको उद्घाटन भव्य समारोहसहित जेठ १० गते गरिने आयोजकले जनाएको छ ।

 

बुधबार आयोजित पत्रकार सम्मेलनमा समूहका सचिव प्रेम केडीले प्रतियोगिता आयोजनाबारे जानकारी गराएका थिए। कार्यक्रममा आयोजक टोलीको जर्सी समेत सार्वजनिक गरिएको थियो ।प्रतियोगिता सञ्चालनका लागि ३ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने समूहका अध्यक्ष सागर थापाले जानकारी दिए ।

 

स्थानीय डाँस मोरङ सामुदायिक वन मुख्य प्रायोजक रहेका छन् भने ग्लोबल भुटानीज अर्गनाइजेसन सह–प्रायोजक रहेका छन् । पत्रकार सम्मेलनमै प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको थियो।

प्रतिकृया दिनुहोस