काठमाडौं । सुर्तीजन्य पदार्थको सेवनले मानव जीवनमा गम्भीर असर पार्ने भन्दै सार्वजनिक स्थललाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।
शुक्रबार विश्व धूम्रपान दिवसका अवसरमा काठमाडौं महानगपालिका वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विमल कुमार होडाले सुर्तीजन्य पदार्थको सेवनबाट मानव शरीरमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरेको हुनाले यसलाई न्युनिकरण गर्न आवश्यक रहेको बताए ।
उनले सुर्तीजन्य पदार्थ नियन्त्रणमा ल्याउन राज्य तथा सरकारी निकायले पनि साथ दिनुपर्ने बताए । उनले सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थ निषेधित बनाउनुपर्नेमा जोड दिए ।
उनले भने,‘सुर्तीजन्य सेवनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरेकाले यसको न्यूनीकरण आवश्यक छ । सुर्तीजन्य पदार्थ नियन्त्रणमा ल्याउन राज्य तथा सरकारी निकायले पनि साथ दिनुपर्छ । सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थ निषेध गर्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी डा. भक्तबहादुर केसीले अहिलेको युवापुस्तामा सबैभन्दा विकराल समस्या नै सुर्तीजन्य पदार्थ सेवन भएकाले यसलाई निययन्त्रण गर्न आवश्यक रहेको बताए ।
सुर्तीजन्य पदार्थबाट मानसिक एवम शरीरका विभिन्न अगंमा असर गर्ने भएकाले सचेत रहन आग्रह गरे । सुर्तीजन्य पदार्थ सार्वजनिक स्थलमा रोक लगाउने हो भने हजारौ मानिस अप्रत्यक्ष रुपमा जोगिन सक्ने उनको दाबी छ ।
‘अहिलेको युवापुस्तामा सबैभन्दा विकराल समस्या नै सुर्तीजन्य पदार्थ छ । यसलाई निययन्त्रण गर्नचाँही आवश्यक छ । सुर्तीजन्य पदार्थबाट मानसिक तथा शरीरको प्रत्येक अगंमा असर गर्छ । सुर्तजन्य पदार्थ सार्वजनिक स्थलमा रोक लगाउने हो भने हजारौ मानिस अप्रत्यक्ष रुपमा जोगिन सक्छन्,’ उनले भने ।
त्यस्तै नेपाल विकास अनुसन्धान प्रतिष्ठान, अनुसन्धान विज्ञ, डा.जयकुमार गुरुङले हाल दक्षिण एसियामा नेपाल धुम्रपानको पहिलो नम्बरमा परेको जानकारी दिए ।
उनले नेपालमा प्रत्येक बर्ष २८ हजार १ सय १० भन्दा बढी मानिस धुम्रपानको शिकार हुने गरेको भन्दै नेपालमा ६७ लाख भन्दा बढीले धुम्रपान गर्ने गरेको पनि जानकारी गराए ।
हरेक वर्ष मे ३१ मा धूम्रपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार, समाज र वातावरणमा पार्ने असरबारे सचेत गराइन्छ । विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गर्दछ ।
काठमाडौं महानगपालिका वडा नम्बर ७ ले विगत ७ बर्ष देखि धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कार्यक्रम हरु सन्चालन गर्दै आएको छ । वडाले आम जनमानको जीवन वृद्धिका लागि विद्यालय स्तरदेखि नै यसबारे सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस