• बुधबार-जेठ-२८-२०८२

राज कपूरको घरलाई बनाइयो रणवीर–आलियाको ‘ड्रिम हाउस’

 

मुम्बई, २७ जेठ । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट चाँडै आफ्नो नयाँ घरमा सिफ्ट हुँदैछन् । 

 

दुवै जना हाल मुम्बईको वास्तु बिल्डिङमा बसिरहेका छन, जहाँ उनीहरूको बिहे पनि सोही घरमा भएको थियो । तर अहिले दुवै आफ्नो नयाँ घरमा सर्ने तयारीमा छन् ।

 

विगत केही वर्षदेखि रणवीर र आलियाले आफ्नो इच्छा अनुसार आफ्नो नयाँ घरको डिजाइन गराउँदै आएका थिए र अहिले उनीहरूको नयाँ बंगला तयार भइसकेको छ ।

 

तपाईड्लाडई थाहा छ, रणवीर कपुर र आलिया भट्ट पछिल्लो केही वर्षदेखि आफ्नो नयाँ घर बनाउँदै थिए । नीतु कपूरसँग मिलेर दुवैले आफ्नो घर बनाउनमा कुनै कसर बाँकी राखेका छैनन् । दुवैजना जतिसुकै व्यस्त भए पनि कपूर परिवार समय समयमा प्रत्येक निर्माणको विवरण हेर्न आउने गर्दथ्यो । अब अन्ततः उनीहरूको घर तयारी अवस्थामा पुगेको छ ।

 

अहिले सामाजिक सञ्जालमा रणवीर र आलियाको नयाँ घरको झलक सार्वजनिक भएको छ । भिडियोमा यो जोडीको नयाँ घर पूर्ण रुपमा तयार भएको देख्न सकिन्छ । उनीहरु दुबैलाई हरियाली नजिकै बस्न कत्तिको मनपर्छ भन्ने कुरा उनीहरुको छतको बगैचा, बालकनीमा रहेका बोटबिरुवा र बगैंचामा रहेका रुखहरुबाट प्रष्ट हुन्छ । बहुतले बंगलाको मूल्य २५० करोड रुपैयाँ रहेको बताइएको छ ।


हिन्दुस्तान टाइम्सका अनुसार रणवीर कपुर र आलिया भट्टको घर लगभग तयार भइसकेको छ, केही फिनिसिङ मात्रै बाँकी छ, अब एक–दुई महिनामा पूरा हुनेछ । घर तयार भएपछि दम्पती आफ्नो सानो परी राहासँग त्यहाँ सिफ्ट हुनेछन् ।

 

रणबीर कपुर र आलिया भट्टको यो बंगला कपूर परिवारको एकदमै नजिक रहेको छ । यो राज कपूर र उनकी पत्नी कृष्णा राज कपूरको घर थियो, जुन पछि नीतु कपूर र ऋषि कपूरलाई दिइएको थियो । रणवीर र आलिया यहाँ बस्नेछन्, जसले आफ्नो इच्छा अनुसार यो बंगला बनाएका छन् । रणवीर र आलियाले यस घरको नाम राखेका छन्– रणवीर कपूर आलिया भट्ट हाउस ।

 

 

प्रतिकृया दिनुहोस