• बिहीबार-जेठ-२९-२०८२

बंगलादेशमा रवीन्द्रनाथ टैंगोरको निवासमा तोडफोड

ढाका, २८ जेठ । कट्टरपन्थीहरूको भीडले बंगलादेशको सिराजगञ्जमा रहेको महान कबि रवीन्द्रनाथ टैगोरको पुर्ख्यौली निवासमा आक्रमण गरेका छन । 


कचहरी घर भनेर चिनिने कबि टैगोरको पुर्ख्यौंली घरमा भारी तोडफोड गरिएको हो, जो अहिले संग्रालयको रूपमा राखिएको छ । जमात ए इस्लामी र हिफाजत ए इस्लामका कट्टरपन्थीहरूको भिडले ट्यागोरविरुद्ध नारासमेत लगाएको बंगलादेशका स्थानिय मिडियाहरूले जनाएका छन् । सो खबर पाएलगत्तै शहजादपुर थानाको प्रहरी घटनास्थलमा पुगे पनि अभियुक्तमाथि कुनै कारबाही नभएको जनाइएको छ ।

 

यस विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरी चौकी इन्चार्ज अस्लम अलीले बताए ।एफआइआर अहिलेसम्म दर्ता भने भएको छैन । लामो कोलाहलपछि प्रहरी फर्किए पनि साँझसम्म कट्टरपन्थीहरू घटनास्थलमा जम्मा रहिरहेका थिए ।


राजधानी ढाकाबाट करिब १२५ किलोमिटरको दुरीमा रहेको गुरुदेव टैगोर पैतृक गृहलाई संग्रहालयको दर्जा दिइएको छ । गुरुदेव रवीन्द्रनाथ टैगोरका मामा द्वारकानाथ टैगोरले १८४० मा यो दरबार घर बनाएका थिए ।

 

स्रोतका अनुसार कट्टरपन्थीहरूले मंगलबार संग्रहालयका निर्देशक सिराजुल इस्लामले एक व्यक्तिलाई बन्धक बनाएर कुटपिट गरेको आरोप लगाएका छन् । जबकि इस्लामले यस्तो कुनै पनि घटनालाई अस्वीकार गरेका छन् ।

 

स्थानीय प्रहरीले अनुसन्धानका क्रममा पनि संग्रहालयमा कोही बन्धक भेटिएको थिएन । तर, केही बेरमै उत्तेजित कट्टरपन्थीहरुको भिड घटनास्थलमा जम्मा भएका थिए  कट्टरपन्थीले दुई–तीन दिनदेखि सो संग्रालय भवनमा तोडफोड गर्ने षड्यन्त्र रचेको बताइएको छ ।

 

त्यसैले, घटनास्थलमा भिड जम्मा भयो । म्युजियम नजिकै पसल चलाउने एक पसलले नाम न छाप्ने सर्तमा कट्टरपन्थीहरुले आक्रमणको योजना बनाएको बताए ।

 

आक्रमणकारीमा स्थानीय बासिन्दाहरू भने समावेश थिएनन् । यो ट्यागोरको संग्रहालय भएकोले यहाँ ठूलो संख्यामा पर्यटक आउने गर्दछन् । यसले नजिकका पसलवालाहरूलाई राम्रो आम्दानी दिने गरेको छ । सो आक्रमण अघि कट्टरपन्थीले यहाँ र्‍याली पनि निकालेका थिए ।
 

 

 

प्रतिकृया दिनुहोस