• शनिबार-जेठ-३१-२०८२

सत्तापक्षसँग छानविन गरी ठोसरुपमा पहल गर्ने सहमति भयो : अध्यक्ष प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भनि सत्तापक्षसँग लिखितरुपमा सहमति गरेको बताएका छन् । 

 

बिहिबार सत्तापक्षले छानबिन गर्ने प्रतिवद्धता नदिई प्रतिपक्ष तयार हुने स्थिति नभएको भन्दै उनले लिखित सहमति तर्फ गएको बताएका हुन् । उनले भने,‘ हामी लिखित सहमति गर्ने ठाउँ तिर गयौँ । आज मैले प्रतिपक्षहरुसँग छलफल गरिसकेपछि सत्तापक्षको साथीहरुसँग छानबिन गर्ने प्रतिवद्धता नभइकन प्रतिपक्ष तयार हुने स्थिति छैन । जनमत जसरी गएको छ विषयको गम्भीरतासँगै संवेदनशीलता हेर्दा एउटा गृहमन्त्रीको कुरा मात्र हैन । यो विगतदेखि नै लगातार अध्यागमनको समस्या भईरहेको छ ।’

 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अझै छलफल गर्न चाहेको बताए । ‘सत्तापक्षको तर्फबाट छलफल गरेर हामीलाई छानविन गर्ने, अध्यन गर्ने र आवश्यक संरचना बनाएर ठोसरुपमा पहल लिने भन्ने प्रतिवद्धता दिइयो । यो प्रतिवद्धता पनि प्रतिपक्षमा सकरात्मक वातावरण बनेको छ । त्यसमा प्रतिपक्षका अझै साथीहरु छलफल गर्न चाहानु भएको छ,’ उनले भने । 

 

 

प्रतिकृया दिनुहोस