२२ किलो लागू औषधसहित रामपुकार सहनी पक्राउ
रौतहट । बारा प्रहरीले २२ किलो लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमराबाट मंगलवार खटिएको संयुक्त प्रहरी टोलिले लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.८ लोसण्डा बस्ने वर्ष ४५ को रामपुकार सहनी रहेको प्रहरीले जानकारी दिएको छ ।
जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.०८ ईम्लिप्रति स्थित फिल्डमा २ वटा बोरामा लैजादै गरेको अवस्थामा बरामद गरिएको बारा प्रहरीले जनाएको छ ।
लागू औषध गाँजा सहित पक्राउ परेका सहनीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
2025-06-18-09-06-47.jpeg)

प्रतिकृया दिनुहोस