• बुधबार-असार-४-२०८२

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

 

काठमाडौँ, ४ असार : गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदीे रु ६५ ले बढेको हो । 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार २२५ मा कारोबार भइरहेको छ । 
    

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
–––

प्रतिकृया दिनुहोस