• शनिबार-असार-७-२०८२

झापामा लागू औषध र हिरोइनसहित गिरोह समातियो

झापा, असार ७ गते  । झापाको दमक नगरपालिका–५ मा प्रहरीले गोप्य सूचनाका आधारमा छापा हानी लागू औषध कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गौरादह नगरपालिका–४ का २४ वर्षीय अनुभव दर्नाल, दमक–१ का २६ वर्षीय सुरज कुमाल, दमक–६ का २९ वर्षीय सुमन दर्जी, र दमक–७ का ३४ वर्षीय बिर बहादुर पौडेललाई पक्राउ गरेको हो।

उनीहरूले दमक–५ स्थित एक कोठा भाडामा लिएर लागू औषधको कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूबाट निम्न प्रतिबन्धित लागू औषध र सामग्री बरामद गरिएको छ:

  • Tramadol: ८०० क्याप्सुल

  • Aanargan–35: ८०० चक्की

  • खैरो हिरोइन: ५५० मिलिग्राम

  • नगद: रू. १०,५००

चारै जनालाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रतिकृया दिनुहोस