• शनिबार-असार-७-२०८२

सभामुखले विवेक गुमाए, आन्दोलन रोकिन्न : सांसद ढकाल 

‘माग एव मुद्दाको टुंगो नलाग्दासम्म आन्दोलन कायम रहन्छ’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सभामुख देवराज घिमिरेले आफ्नो विवेकको सही रुपमा सदुपयोग नगरेको आरोप लगाएका छन् । 


शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उनले आफ्नो पार्टीको असहमतिका बाबजुद पनि सदन चलाउनु ठिक नभएको र यसलाई सरकारले गम्भीर रुपमा नलिएको बताए । उनले आफूहरुले अघि सारेका पाँच बुँदे माग पुरा नहुँदासम्म संसदमा आन्दोलन जारी राख्ने बताए ।

 

उनले आउने महाधिवेशनमा पनि संविधानले दिएसम्म पार्टीको सभापति रवि लामिछाने नै हुने बताए । ‘जुन उद्देश्यले पार्टी खोलेका थियौं त्यसमै अडिन भएर काम गरि रहेका छौं । पार्टी सभापतिले कारागरमै रहेपनि देश बनाउने जुन अभियान सन्चालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्दक हुँदैन्,’ उनले भने ।

 

‘रास्वपा स्थापनाकालदेखि नै उतारचढाबपूर्ण अवस्थामा छ । यथास्थितीमा रमाउने दलहरुले राजनीतिक प्रतिशोध साँधेका छन् । तथापि देशैभरि सांगठनिक अभियान व्यापक रुपमा चलिरहेको छ । जनताको आवाज बोल्ने कोशिसमा छौँ,’ उनले अगाडि भने,‘ यसैविचमा भिजिट भिसा प्रकरणको लागि आन्दोलनमा उत्रिनुपर्यो ।  

 

जुन उद्देश्यले पार्टी खोलेका थियौं त्यसैमै अडिन भएर काम गरि रहेका छौँ । नेतृत्वलाई जुन किसिमको प्रतिशोध साँधेर कारागार चलान गरिएको छ, त्यसमा कारागारका चारवटा भित्ता र टिनको छ्राँयाले आफ्नो विचारमा निर्भिक भएर देश बनाउने जुन अभियान सन्चालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्दक बनेको छैन ।’ 

 

‘माग एव मुद्दाको टुंगो नलाग्दासम्म आन्दोलन कायम रहन्छ’ : सांसद शिशिर खनाल

 

कार्यक्रममा रास्वपाकै अर्का सांसद शिशिर खनालले अहिले दुइवटा राजनीतिक दलहरुले गम्भीर विषय उठाउँदा पनि संसद संचालन गरिएको आपत्ति जनाए । उनले आफूहरुले उठाएका माग एव मुद्दाको टुंगो नलाग्दासम्म आन्दोलन कायम रहने दावी गरे ।


उनले मानव तस्करीको मुद्दालाई न्यायोचित ढंगमा पुर्याउने बताए । उनले पार्टीको पाँचयस बढी पालिकामा समिति निर्माण गरेको जानकारी दिंदै संगठन विस्तारमा क्रियाशील रहेको जानकारी दिए । ‘यो छोटो अवधिमा एउटा उपलब्धिपूर्ण र साथसाथै धेरै उत्तारचढाब पूर्ण यात्रा गरेका छौं । कुनै कालखण्डमा सरकारमा पनि सामेल भयौं । हामी संसदमा एकदमै सशक्त ढंगाले प्रस्तुत हुने तयारीमा लागेका छौं,’ उनले भने । 
 

 

 

 

 

प्रतिकृया दिनुहोस